म तिम्रो फेन भएको छु |
मलाइ हिरा मोति सित कुनै चाख छैन
मलाइ ऐश्वर्य सुख सुबिधाको चासो छैन
तिमिभित्रको रहस्यात्मक सागरमा
डुब्न चाहन्छु,
तिम्रा अमृतबाणी मदुरपान गर्न चाहन्छु
तिम्रो चक्षुमा हराउन चाहन्छु
आकाशगंगामा रमण गर्न चाहन्छु
क्षितिजबाट आकाश छुन चाहन्छु
सागरमा डुबुल्की मारिरहन चाहन्छु
छहराहरुको मधुर आवाजलाई
कर्णमा बिलिन बनाउन चाहन्छु |
सुरबी साधकको संगीत सुनेर
चिर निद्रामा निदाउन चाहन्छु
प्रकृतिका छटा र लतामा
लहराउन चाहन्छु |
अचेल म तिम्रो फेन भएको छु |
अनन्त प्रेमी भएर मृत्युसंगै
समाहित हुन् चाहन्छु |
अचेल म तिम्रो फेन भएको छु |
१२/२८/२०१६
पुण्डरी अर्याल

Leave a Reply