हामीले ब्राह्मण, पण्डित, पुजारी, पुरोहित र आचार्यलाई एकै  किसिमको सम्मान र सम्बोधन गरिराखेका छौ |  सरसर्ती हेर्दा उस्तै लाग्छ पनी तर यी नामहरुका पछाडी भिन्दा भिन्दै योग्यता, क्षमता र विशेषण छन । पण्डित, पुजारी, पुरोहित र आचार्य र ब्राह्मणहरु बाहुन नै  हुन भन्ने मात्रै हामीले बुझ्ने गरेका छौ । तर यी योग्यता क्षमता र पद हुन  भन्ने कुरा हामीले नबुझेका पनी हुन सक्छौ । जातको कुनै सरोकार  यस शब्दसंग छैन | यी त कर्म अनुसारका पद हुन भन्ने कुरा सबै जात जातिले बुझ्नु आबस्याक छ । र यो भ्रमबाट मुक्त हुनको लागी यी शब्दको अर्थलाइ मनन गर्न आबस्याक छ भन्ने मलाइ लाग्दछ ।  | नेपालका केहि मन्दिरहरुमा मगर र नेवार जातिका पुजारी भएको हामी सबैलाई जानकारी नै छ  ।

गुरु : संस्कृतमा गुरुकाे  अर्थ   तमसो मा ज्योतिर्गंमय मार्गमा डोर्याउने पुज्यनीय व्यक्तित्वलाइ गुरुको भनिएको हो र यस्ता व्यक्तिलाइ गुरुको सम्मान दिन सकिन्छ । अर्थात जुन व्यक्तिले हामीलाई  अन्धकारबाट प्रकाशतिर लैजानु हुन्छ ।  वहाँ नै  गुरू  हो । गुरुकाे अर्थ अन्धकार नाश गर्ने हाे । जुन गुरुले अध्यात्मिक तबरबाट जिबन जगतलाई आफ्ना अनुभवबाट आफ्ना शिष्य चेलालाई सैध्दान्तिक ज्ञान  प्रदान गर्दछन ।  गुरुले आत्म विकास र परमात्माकाे कुरा गर्नुहुन्छ  । प्रत्येक गुरु सन्त हुन्छन  नै तर  प्रत्येक सन्त गुरु हुन सक्दैनन ।  वास्तवमा गुरुकाे अर्थ ब्रह्म ज्ञानकाे मार्गदर्शक हाे।

आचार्य : जो व्यक्ति शैक्षिक बिधान अनुरुप अध्ययन गरी  माथिल्लो श्रेणीको शिक्षा हासिल गरेको वा वेद लगायत बिभिन्न शास्त्रहरूकाे उच्चतम ज्ञान भएको व्यक्तिलाई आचार्य  भनिन्छ अर्थात गुरुकुलमा जुनसुकै श्रेणीका  वेद लगायत बिभिन्न शास्त्रहरूकाे  ‍विद्यार्थीहरूलाइ शिक्षा दिने कार्य गरेका व्यक्तिलाई आचार्य भन्दछन । जो   आचार, नियम र सिद्धान्तहरू आदिकाे राम्राे ज्ञाता हुन्छन र अरूहरूलाइ त्यसकाे शिक्षा दिन्छन । कुनै धार्मिक अनुष्ठानको प्रमुख पुरिहितलाइ पनी आचार्य भनिन्छ । आजकल कुनै बिद्यालय वा शैक्षिक संस्थाका प्रमुखलाई पनि आचार्य भन्छन । बाहुनहरुको थर पनी आचार्य हुन् सक्छ, आचार्य थर हुदैमा शिक्षित व्यक्तित्व हो भन्न सकिन्न ।

पुरोहित : पुरोहितको अर्थ :- ‘पर’ तथा ‘हित’, अर्थात जो  व्यक्ति अन्य मानिसहरूकाे कल्याणकाे चिन्ता गराेस। हिन्दुहरुको जन्मे देखि मर्दासम्मको संस्कारका कर्म गराउनुको साथै यज्ञ पुजा आज्ञा कर्म गर्ने, गराउने कर्मकाण्डमा पारंगत बाहुन वा अन्य लाइ   पुरोहित भनिन्छ। वास्तवमा पुरोहित सबै किसिमका संस्कार गराउनका लागि पनि नियुक्त हुन्छन व्यक्तिगत रुपमा अनुबन्धित भएका पनि हुन्छन । पहिले राजदरबारमा पनी पुरोहित नियुक्त हुन्थे र उनीहरू धर्म-कर्मका संस्कारगत कार्य हेर्नुका साथै बैदिक संस्कार र धार्मीक सल्लाहकारका रुपमा पनी अनुबन्धित गरिएका हुन्थे ।

पुजारी :  उपयुक्त शिक्षा हासिल गरेको र मठ मन्दिरको  पूजा, पाठ र ब्यबस्थापनको जिम्मा पाएको अनुबन्धित कर्मचारी वा स्वयंसेवकलाइ  पुजारी भनिन्छ (जो बाहुन पनि नहुन सक्छ) । जसले मन्दिर वा अन्य कुनै स्थानमा पूजापाठ गर्ने काम गर्दछ, त्याे नै पुजारी हाे।

पण्डित : कुनै ज्ञान विशेषमा दक्ष वा कुशलता प्राप्त व्यक्तिलाइ पण्डित भनिन्छ । पण्डाको अर्थ विद्वान वा निपुण भन्ने अर्थ लाग्छ। पण्डा बाट पण्डित भएको हो । यसैबाट त्यस्ता बिध्दत व्यक्तिलाई पाण्डेय पनी भनिन्थ्यो । कुनै विशेष विद्याकाे ज्ञान भएकाे व्यक्ति नै पण्डित हो। ।
ब्राह्मण : ब्राह्मण शब्द ब्रह्मबाट बनेकाे छ। जसले बेद र ब्रह्म (ईश्वर) लाइ छोडेर अन्य कसैकाे पनि पूजा गर्दैन,  त्यसलाइ ब्राह्मण भनिएकाे छ। ब्राह्मणलाइ  धर्मज्ञ, विप्र र द्विज पनि भनिन्छ जसकाे कुनै विशेष जाति वा समाजसँग कुनै सम्बन्ध छैन।

१. जसले पुरोहिताई गरेर जीविका चलाउँछ, त्याे बाहुन जातमा भए पनी ब्राह्मण हाेइन, उसको पेशा हो ।

२. जसले ज्योतिषी वा नक्षत्र विद्याबाट आफ्नो जीविका चलाउँछ त्याे बाहुन जातमा हुनसक्छ, नहुन पनी सक्छ । माथिको अर्थ अनुसार ब्राह्मण हाेइन, ज्योतिषी हाे।

३. पण्डित त कुनै विषयकाे विशेषज्ञलाइ  भनिन्छ र जसले कथा  वाचन गर्दछ त्याे बाहुन जातमा भए पनी माथिको अर्थ अनुसार ब्राह्मण हाेइन, कथावाचक हाे।

माथि उल्लेखित बिषयबस्तुले गुरु, आचार्य, पण्डित, पुजारी, पुरोहित र ब्राह्मणलाइ उस्तैउस्तै लागे पनी यी शब्द एक आपसमा भिन्न भिन्दै अर्थ सामर्थ र योग्यतामा आधारित हुन भन्ने हामी सबैले बुझ आबस्याक छ भन्ने लागेर मैले यहाँ राखेको हुँ।

टेक्सास,

०९/०३/२०१६

Leave a Reply