पुण्डरी अर्याल
पुण्डरी अर्याल

लामो अध्यारो सुरुङ्गबाट कर्कस स्वर संगैको यानबाट सपत्नी भएर त्यस जगतमा पुगेका थियौ | बिजुलीबत्तिको उज्यालोले रातलाई दिउसो बनाइएको थियो | हामि त्यस भब्य महलमा भित्र छिर्यौ | केटा केटीको को कक्षमा पुगेका रहेछौ | पछी थाहा पायौ | हाम्रो लागी त्यहा थिएन , एक अप्सराले मलाइ अभिबादन गर्दै, भनिन सायद तपाईहरुको कक्ष अर्को महलको भब्य हलमा हुन् पर्छ भन्दै हामीलाई गाइड गरिन | हामि त्यस भब्य महलको गेटमा पुगेपछि स्वागतार्थ बसेकी अर्की सुन्दरीले मेरो नामको ट्याग कोटमा टासी दिएर अभिबादन गर्दै त्यो भब्य हलमा प्रस्थानको लागि संकेत गरिएको थियो | हामि त्यस हलमा पुग्यौ | चिर परिचित जस्तो लागिरहेको थियो ती महिलाको अनुहार ! क्या राम्रो पर्सनालिटी अग्ली, सेतो कपाल , गोरी अन्त्यन्त हस्मुख, तिनको ओठमा लगाएको रातो लिपिस्टिकले ढल्केको उमेरलाई पनि बैसले छोपेको भान हुन्थ्यो | उनि त्यस जगतको एउटा अस्पतालकी डाक्टर थिइन् मैले उनलाई पहिले पनि भेटेको जस्तो लाग्छ प्रिथ्विलोकमा, तीनको नाम सिल्भिया थियो, उनिसंग म अस्पतालको साइको डिपार्टमेन्टमा भेटेको थिए | मैले मेरी पत्नी लाइ चिनाए | उनले हामि दुबैलाई हग गरिन , सयौ मानिसहरुको चहल पहल थियो | सबै जनाहरुसंग हामि पृथ्वी लोकबाट आउदै गर्दा ट्रान्जिट पोइन्टमा भेटेका थियौ त्यसैले चिनेको जस्तो लागिरहेको थियो | त्यो ट्रान्जिट पोइन्टबाट हामीहरु छुट्टिएका थियौ | हामीलाई थाहा थिएन, तिनिहरुको गन्तब्य स्थान पनि यहा नै रहेछ |
हामीहरु अन्त्यन्तै खुशी भयौ, कमसे कम पहिले देखेका मानिसहरु थिए तिनीहरु, हामीले नजिकबाट चिन्ने अरु कोइ छन् कि भनेर खोज्दै गर्यौ | डा. ब्राउन ती त मेरो उपचार गर्ने अस्पतालको प्रमुख थिए | ती डाक्ट रसंग अन्त्यन्त घनिष्ट थिए म | तिनले मेरो उपचारको लागि धेरै प्रयत्न गरेका थिए | मलाइ देख्ने बित्तिकै दुवै हात फैलायर हग गर्न मेरा अगाडी आए | उनलाई अँगालो हालेपछी मेरा पुर्व स्मृतिहरु अरु ताजा भए | मेरी पत्नीलाइ पनि अभिबादन गरे | अर्का डाक्टर इमोंड मुस्काराउदै म नेर आइ पुगे, अँगालो हालेर न्यानो स्वागत गरे | उनि मेरो सल्य चिकित्सक थिए | उनि मेरा नया कलेजो फेरिदिने मान्छे थिए | मेरी पत्नीले उनलाई हग गरेर भन्दै गरेकी थिइन यु आर ऑउर गड ! अलि पर नपुग्दै निकोल गोल्डेन आइन, काली भए पनि उनका सेता दातहरु टल्किरहेका थिए | मुस्काउरादै मेरो अगाडी आइ इमेजिन, हाउ आर यु भन्दै अँगालो हालिन | कति रमाइलो भेट घाट छ | सबैको मनका पिडा र शारीरिक दर्दहरू बिर्सिएका थियौ | अब हामीसंग खुशी खुशी मात्रै छ | हामि स्वर्गमा छौ , यी स्थान सम्म ल्याउने यी सबै डाक्टर नर्सहरुले यहासम्म आएर भोजको आयोजना गरिरहेका थिए |
अर्को टेबुलमा बस्ने युगल जोडीले मेरो कोटमा टासिएको ट्यागलाई हेरेर म संग कुराकानी गर्न चाहिन, उनि न्युजर्सी सिटिकी थिइन | उनको पनि ५ महिना अगाडी कलेजो फेरिएको थियो | सुसान उनको नाम ४ वटा छोरा छोरीकि आमा, हेर्दा खास उमेर भएको लाग्दैनथ्यो | दुवै दम्पतिसंग आफ्ना कथा ब्यथा सुनायौ | हामीले उनीसंगै थुप्रै फोटो खिचायौ | यहा आएका सबभन्दा पुरानी २५ बर्ष अगाडी आइकी सेरीसंग भेटने मेरो इच्छा थियो मेरो | उनीसंग फोटो खिच्यौ | उनि यस स्वर्गमा यति लामो बस्न पाएको भनेर बधाई दिए | उनि अति सुन्दर थिइन् | अर्को दम्पति इटालीका थिए | उनीहरु संग पनि आत्मियतासाथ कुरा गर्यौ | फोटो पनि खिच्यायौ | डा. ब्राउनले अर्गन फेरेर स्वर्गमा आउने सबैलाई स्वागत अभिबादन गरे | अर्गन फेरेर यहा ल्याउन अर्थात आउन सफल बनाउने परिवारका सदस्यालाई धेरै धेरै धन्यवाद दिए | यो सबै हाम्रो टिमले तपाइहरुलाई यो स्वर्गमा ल्याउन ठुलो मदत गरेको छ | यहा कुनै एक जनाले मात्र गरेको होइन, यसको जस सबैलाई जान्छ अझ परिवारको भूमिका बढी हुन्छ भन्दै आफ्नो मन्तब्य टुंग्याएका थिए |
डा. इमोंडले ५ बर्ष, १० बर्ष, १५, र २५ बर्ष अगाडी अर्गन फेरेर यस लोकमा आउनेलाइ स्वर्ण पदकले विभूषित गरिएको थियो | यो भोज मजस्तै अर्गन फेरेका तमाम स्वर्गमा आउने नव आगन्तुक तथा पुरानालाइ सम्मानका खातिर राखिएको क्रिसमस भोज थियो | भोजमा बफेट थिएन, सबै अस्पतालका नर्स, डाक्टरहरुले
टेबुलमै ल्याएर खुवायाका थिए, अन्त्यमा बाथ डे केक काटेर यो भोज सकियो | डाक्टरहरु र नर्सहरु प्रिथ्विलोकमा फर्किए | हामीलाई त्यहाबाट फर्कन मन थिएन तर भोज सकिसकेपछी बस्ने औचित्य पनि थिएन | सबै संग अर्को बर्षको क्रिसमसको पार्टीमा भेट हुने बाचा गरेर हामीसबै बिदा भयौ | सबै आफ्नो गक्ष अनुसारका यानहरुबाट बास स्थान फर्कने क्रमसंगै हामि पनि आफ्नो बासस्थानमा फर्कयौ |

(कलेजो प्रत्यारोपणपछि पहिलो पटक अस्पतालले अर्गन डोनर र प्रत्यारोपण गरिएका व्यक्तिहरुलाई दीईएको भोजमा सहभागी हुदाको अनौठो अनुभूति कथाको रुपमा  )

पुण्डरी अर्याल
१२/१८/२०१५
न्यु योर्क

Leave a Reply