फोनको रिङ्ग टोन बच्छ
हस्पिटलको फोन रहेछ !
फोन उठाउछु,
उसले रिसाउदै भन्दैथ्यो, यू किल्ड मी !
मी. अर्याल, नाव यू आर इन्ज्वाइङ्ग ? म झसंग भए, र म असाध्यै डराए !
डराउदै सुस्तरी हु आर यु भने
उसले जवाफ दिदै भन्यो !
डन्ट वरी, आइ एम जस्ट किडिंग !
आइ एम योर एन्जेल किंग भन्यो
अनि थप्दै उसले
आइ एम अलाईभ विथ यु ! भन्यो
झल्यास्स हुदै म अताल्लिदै जाग्छु |
मलाइ लागिरहेछ कतै बिपना त होईन |
सपना हो वा बिपना मैले थाहा पाइन्
आखिर यो त सपनै रहेछ ! पसिनाले छिपिक्कै भिजेको थियो ।
मेरो पुरै शरीर लगलग काम्दै थियो |
कस्तो अध्यारो सुन्सान रात थियो | झटपट पर्दा हटाउछु झ्यालबाट |
थोरै उज्यालो छिर्छ बाहिरबाट |
कोठामा पत्नी मस्त सुतिकिछीन |
अर्को कोठामा छोराहरु सुतेका छन् !
के यो फोन त्यहि मानबको त होईन | मलाई कलेजो दिने मानव त होइन ?
धेरै बेरसम्म मेरो मनमा कुरा खेलिरह्यो |
कतै छातीभित्र कलेजो चल्मल्याइ रह्यो |
लाग्छ मलाइ कलेजोले बिद्रोह गरि रह्यो
छाती छाम्छु मुटुको ढुकढुकी बढी रह्यो |
लाग्छ मलाइ हैन कस्तो सपना हो र ?
मरेको मान्छेले पनि कहिँ गर्छ फोन र !
मलाइ लागिरहेछ कतै बिपना त होईन |
उसको दिएको कलेजो मेरो छाती भित्र नै छ |
कलेजोसंगै दानी मान्छे मसंग बसे जस्तो छ |
किन किन बेला बेलामा यसले झस्काउने गर्छ |
डराइदिन्छ, जिस्काउछ अनि मजाक पनि गर्छ |
कहिले काही मलाइ लाग्छ |
उ मसंग बाचेको छ कि ?
म उ संग बाचेको छु |
०२/१४/२०१६