पुन्डरी  अर्याल
पुन्डरी अर्याल

निश्चल स्वच्छ निर्मल, स्वेत बश्त्र झालका पर्दाहरु
सबका सफा मन जस्तै झ्यालका सफा ती पर्दाहरु

बाहिर हिउले ढाकेका, गगन चुम्बी सेताम्मे चुलीहरु
पारि जर्सीसिटि छ बिचमा हडसन नदिका लहरहरु

प्रकाश परावर्तीत भै जाजल्यमान बनेको न्युयोर्क शहर
थियो त आकाश झगमग उज्यारो रात कहाँ थियो र

भित्र इन्सेटिभ रुममा, म थिए मन लिई अध्यारो
जिन्दगि बाच्ने उपक्रममा कयौ रात बिते अध्यारो

बिहानीको आगमनसंगै, आश लाग्थ्यो आफन्तको
कति भेटने आफन्त मित्रले अब त थाकिसकेछन,

भेटने अब त घरका बाहेक, भएनन अरु कोइ पनि
उनीहरुको पनि आगमन पातलो हुन जादै छ पनि

रोगले मार्दै गए पनि, बाच्ने अभिलाषा जिउदो थिए
मेरा नर्स, डाक्टर, हस्पिटलले पनी पर्ख भन्दै थिए

नर्स बदलिंए डाक्टर बदलिए औषधि बदलियो
रोग बदलिएन, पिडा छुटेन, मात्र ऋतु बदलियो

जिन्दगीका कति मनशा र अभिलाषा मनमा थियो |
नित्य मृत्यु संगै लुकामारी खेल्ने क्रम जारी थियो |

एक टकले हेर्छु ती सेता स्वच्छ, हल्लिएका पर्दाहरु
कोइ आयो कि भनी तानिन्छन ढोका तर्फ नजरहरु

(कोलम्बिया हस्पिटलबेडमा भएको अनुभूति)

Leave a Reply