पुण्डरी अर्याल
पुण्डरी अर्याल

दुखमा सुखमा अनि पिडा र ब्यथाहरुमा
छाया बनि पिछा गरि रहेकै छु तिमीसंग
छोडेको छैन साथ तिमीसंग दिन र रातमा
संग संगै बिताउदै छु जिन्दगीभर तिमीसंग

छोडेको छैन तिमीलाई एक पलमा पनि
तिमिसंगै प्रत्येक सास र धडकनमा पनि
तिमीले चाहे पनि नचाहेपनी हुन्छु तिमिसंग
संगसंगै बिताउदै छु जिन्दगीभर तिमीसंग

सक्दैन कसैले बलैगरि चुडाउन खोजेपनि
हेर देख्छौ या देख्दैनौ रहेकै छु तिमीसंग
भोक रोग र खुशीहरुमा रहेकै छु तिमीसंग
संगसंगै बिताउदै छु जिन्दगीभर तिमीसंग

०४/०४/२०१६
न्यु योर्क

Leave a Reply