पुण्डरी अर्याल
पुण्डरी अर्याल

मान्छेको मन !
न बाध्न सकिन्छ, न त रोक्न सकिन्छ |
न त यसलाई मुठ्ठीमा कस्न सकिन्छ |
न प्वाँख चाहिन्छ यसलाई उडन |
न पांग्रा चाहिन्छ यसलाई गुडन |

प्रकाश भन्दा छिटो छ यो मन
अमृत भन्दा मिठो छ यो मन |
कहिले काही,
करेलो भन्दा पनि तितो भैदिन्छ मन |
आकाश हो मन, धर्ति हो यो मन
युध्द, शान्ति र क्रान्ति हो यो मन
मान्छे भित्रको भ्रान्ति हो यो मन
देश परदेश भूगोल हो मान्छेको मन

मन धनि हुन धन चाहिदो रहेनछ |
मन शुखी हुन धन चाहिदो रहेनछ |
यो मन बिचित्रको छ |
यसको न आकार हुन्छ, न त प्रकार हुन्छ |
न नापेर नापिन्छ, न त तौलेर तौलिन्छ |
न त देख्न सकिन्छ, न त छुन नै सकिन्छ |

ब्रमाण्ड भन्दा ठुलो छ मन
परमाणु भन्दा शुक्ष्म छ मन
इश्वरले बितरणमा फरक पारेको मन
कसै कसैलाइ मनै मन दिए जस्तो छ
कसै कसैलाई धनै धन दिए जस्तो छ

आइन्स्टाइनको सापेक्षाबाद जस्तो छ मन
धन बढ्दै जाँदा मन घटदो रैछ |
मन बढ्दै जादा धन घटदो रैछ |
मनलाई चिन्न आखिर मनै चाहिन्छ |
मनलाई देख्नु त आखिर मनै चाहिन्छ |

आखिर !
ज्ञान -बिज्ञान, नायक -खलनायक
सकारात्मक – नकारात्मकको साँचो
क्रिया-प्रतिक्रिया, सुपात्र-कुपात्र,
देवता-राक्षस, भौतिकबाद -अध्यात्मबाद
सदाचार, बिचार युध्द शान्ति बाद दर्शन
मान्छे कै मनको परिणाम नै त हो |

Leave a Reply