पुन्डरी  अर्याल
पुन्डरी अर्याल

एउटा अमेरिकन गोरे मान्छे नेपालको पहाड गाउमा पुगेको हुन्छ | त्यहा कछाड लगाएका घास काटन जान लागेका एक जना बुढा मान्छेलाइ देखेर उनले ती बुढा मान्छेलाई बा भनि ढोगेका हुन्छन | नेपाली भाषामा बा तपाइँ सन्चै हुनुहुन्छ ? आमा खोइ त ? भनेको सुनेर गाउका सम्पूर्ण मान्छेहरु जमा भए | एउटा बिदेसी मान्छेले बा भनेर खुट्टा समातेर ढोग्दा बा अचम्मै परे | उनलाई सपना हो कि बिपना हो भन्ने लाग्यो ! उसले बा म तपाइको छोरो रमेश हु | म फर्के बा भने पछी बुढा बेहोस भै भुइँमा लडे | अमेरिकन त्यो ठिटोले छर छिमेकका काका काकी भनेर सबैलाई ढोग्छन | सबैलाई नामले चिन्छन |गाउमा मान्छेहरु आश्चार्यमा परेका हुन्छन | कसैलाई पत्यार हुदैन | उ त्यस गाउको ठिटो थियो | सबलाई शंका लाग्छ | पक्कै यी बुढाको अमेरिका पढन गएको छोरोको साथि होला | उसले आफ्नो साथीलाई नेपाली पनि सिकाएछ | गाउका सबैको फोटो देखाएर आफन्त पनि चिनाएको रहेछ | अनि गाउ सम्म आउने बाटो घाटो सबै बताएको होला त्यसैले उ यहासम्म आउन सक्यो | सबैले यस्तै अडकल काटे | उसलाई कसैले रमेश हो भनेर पत्याएनन | उ सरासर आफु सुत्नेमा कोठामा जान्छु भनि रमेशको कोठामा ब्याग राख्न जान्छ | उ सरासर कसैलाई नसोधिकन कोठामा जान्छ | घरका सबै अचम्म पर्छन | रमेशको कोठासम्म नसोधिकन पुग्छ | सबका सब हैरान छन् | गाउका सबै आफन्तका घरमा नाता सम्बन्ध उच्चारण गरेर बोलाउछ | सबैलाई सम्बन्ध अनुसारको ढोग नमस्कार टक्रयाउछ | गाउमा भएका आफ्ना साथिभाईहरुलाई नामैले बोलाएर हात मिलाउन खोज्छ | उसको कुरा वरपरको गाउसम्म पुग्छ | सबैले उसलाई हेर्न आए | पल्लो गाउका उसले चिन्ने मान्छेलाई नमस्ते टक्र्याउछ | उसले म यस घरको छोरा रमेश हु | भनिरहदा कसैले पत्याउ दैनन | आमालाई उसको बोलि कताकता रमेशको हो कि जस्तो लाग्छ ! आमाले रुदै त्यस ठिटोको हात समाएर तिमी पक्कै रमेशको साथी हुन् पर्छ | रमेशलाइ कस्तो छ | उसको पढाइ सिध्दिने बित्तिकै आउछु भनेको थियो | उ अहिले सम्म आएको छैन बाबु | उसको चिठ्ठी पनि नआएको धेरै भयो | उसलाई सन्चै छ कि छैन ? भनेर निन्यारो भएर सोध्न थालिन | रमेश भक्कानो छोडेर रुन थाल्यो | जम्मा भएका गाउका मान्छेहरु यो दृश्य देखेर अच्चम्मित पर्छन |उसलाई कसैले रमेश हो भनेर पत्याएनन | आफ्नै आमा बाबुले पनि नपत्याएपछि ठिटो निरास हुन्छ | उसले आफुलाई धिक्कार्छ | म कहा जाउ | मेरो मन मस्तिष्क र आत्माले चिनेको आफ्ना बाउ आमाले मलाइ आफ्नो छोरा भनेर चिन्न सक्दैनन् | उनीहरुको मनले मान्दैन | जसले मलाइ छोरा भनेर अँगालो हालेर घर लैजान खोज्दा मैले उनीहरुलाई बाबु आमा भनेर चिन्न सकिन | मैले चिनेकै थिइन | कसरी मेरो मनले मैले कसरि बाउ आमा स्विकार्न सकु | म उनिहरु संग जान सकिन |आज म आफ्नो आमा र बाबा संग आउदा वहाहरुले मलाइ छोरा भनेर स्विकार्न सक्नु भएन | अब म किन बाच्ने ? म कतैको भइन यस्ता रमेशका मस्तिष्कमा घुम्न थाल्यो | म मेरो आत्मा मेरो बुद्धि मेरो मन सारा आर्जन गरेको शिक्षा सबै हिजोको रमेश आज यो रुपमा छु भनि दुखि छ| बा आमा र सम्पूर्ण आफन्त र गाउले हरुले सबैले रमेशको शरीरलाइ चिनेका थिए | यो सरिरसंग भएको रमेशलाई कसैले चिन्न सकेन | अब म नेपालको त्यस गाउको रमेश भनेर कोइ मान्न तयार छैनन् |यो किन र कसरी भयो भनेर रमेशले धेरै सम्झाउन कोशिस गरेको थियो | वास्तबमा उ अमेरिकाको न्यु योर्क शहरमा एउटा कार दुर्घटनामा परेको थियो | उसलाइ त्यस शहरको नामी हस्पिटलमा पुर्याइएको रहेछ |रमेशको शरीर सम्पूर्ण रुपमा ध्वस्त भएको थियो | तर उसको टाउकोमा कति पनि चोट लागेको थिएन | अर्को तिर न्युयोर्क शहरकै अर्को ठिटो दुर्घटनामा परेर आएको रहेछ, उसको टाउकोमा चोट लागि उसको गिदी निस्केको थियो| अमेरिकन ठिटोको बाबुआमा हस्पिटलमा तुरुन्त आइपुगेका थिए | कोलम्बिया हस्पिटल मानब अंग प्रत्यारोपणमा नाम कमाइ सकेको हस्पिटल थियो | डाक्टरले ती दुवैको ज्यान बच्न नसक्ने भएको जनाए | अमेरिकन बाबा आमाले एक अर्काको अंग आपसमा साटेर एक जना बाच्न सक्छ भने तपाइँहरु प्रयोग गर्न सक्नु हुन्छ | उनीहरुले इजाजत दिए | तर रमेशको कोइ आफ्नो मान्छे थिएन | डाक्टरको टिमले रमेशको टाउकोको गिदी अमेरिकी ठिटोको टाउकोमा प्रत्यारोपण गरे | यो उनीहरुको पहिलो परिक्षण थियो | यता रमेशको सरिरलाइ दाह संकारका लागि बुझाइयो | रमेशको भौतिक सरिर पूर्ण रुपमा समाप्त भएको थियो | रमेशको आफ्नो भौतिक सरिर अब छैन | तर रमेश को अस्तित्व छ | उता तिर अमेरिकन बाबा आमाले आफ्नो छोरालाई जस्ताको तस्तै देखेर अन्त्यन्त प्रफुल्तित थिए | केहि दिन पछी हस्पिटलबाट डिस्चार्ज हुने भयो | आमा बाबाले आफ्नो छोरा भनेर अँगालो हाली घर लैजान थाले | आफुले जन्माएको छोराले आफुलाई नचिनेको अनुभूति गर्यो | उसले उनीहरुलाई बाबु आमा भनेर चिन्न सकेन अनि स्विकार्न पनि सकेन | उसको भौतिक सरिर ती आमा बाबुले जन्माएको पालेको थियो तर उ भित्र रमेशको आत्मा वा उसको मस्तिष्क थियो | यो देखेर ती अमेरिकन जोडी उसलाई अँगालो हालेर रुने सिवाए के गर्न सक्थे र ! यो अबस्थाले ती अमेरिकन बाबु आमालाइ कस्तो अनुभूति भए होला ? अनि नेपाली आमा बाबुलाइ कस्तो भए होला ? एक किसिमले भन्दा एउटाको आत्मा मन अर्कोको शरीरमा परे पछि यो सफल परिक्षणले नित्याएको समस्यालाई थियो | रमेशका आमा बाबुले उसलाई छोरो मान्नं तयार नभएपछी उ मन भरि निरास र आत्मा ग्लानि हुदै अमेरिका फर्किने निर्णय गर्न पुग्छ | उसका बाबु आमालाई अमेरिकन शरीर अपनाउन गारो भयो | रमेशको मन मस्तिष्कले अमेरिकन बाबु आमा अपनाउन सकेन | तर पनि आफ्ना बाबु आमालाइ ढोग गरि गह भरि आशु बनाउदै बिदा माग्छ | ती बाबु आमाले व्दिविधा पर्दै गह भरि आशु बनाउदै आशिर्वाद दिएर बिदा गर्छन | उ अमेरिका जानको लागी लगेज बोकेर अन्तरराष्ट्रिय एयरपोर्ट पुग्छ | रमेश सबै आफ्ना हुदाहुदै कोइ आफ्नो नभएको अनुभब गर्छ | उ अहिले एलियन भएको छ | यस धर्तीमा उसका आफन्त छैनन | रमेश खुला आकाश हेरेर सोच्दैछ, मलाइ मेडिकल बैज्ञानिक डाक्टरले मलाइ एलियन बनाए !

Leave a Reply