पुण्डरी अर्याल
पुण्डरी अर्याल

मेरा आफन्तहरु !
मेरो देशमा चुलो नबलेर भोक भोकै भएको बेला
अस्पतालमा औषधि नपाएर छटपटिएको बेला
सुत्केरी गराउन अस्पताल लैजान नपाएको बेला
सुत्केरी हुन् नसकी आमा र सन्तान मरेको बेला
अंह मैले कबिता लेख्न सक्दिन !

राष्ट्रसेवकलाई खेदी खेदी जलाएर मारेको बेला
दुधे बालकलाइ ठाडै गोलीले उढाइरहेको बेला
बिरामी बोकेको एम्बुलेन्सलाइ जलाएको बेला
औषधि बोकेको बाहनलाई बमले उडाएको बेला
अंह मैले कबिता लेख्न सक्दिन !

देशको अस्मितालाइ दाउमा लगाइरहेको बेला
पैसामा बिकेका नेताले आगो लगाइरहेको बेला
दुष्ट छिमेकीको आड लि नाकाबन्दी गरेको बेला
हाम्रा नेताले देशको मुटु चिरा पारिरहेको बेला
अंह मैले कविता लेख्न सक्दिन !

जुनी लगाएर जनताको संबिधान बनाएको बेला
सयमा नब्बेजनताले बनाएको संबिधानको बेला
कमि र कमजोरी संसदमा सच्याउन सकिने बेला
दुष्ट मतिमा सति गै छिमेकीले रसद रोकेको बेला
अंह मैले कविता लेख्न सक्दिन !

राजमार्ग रोकिरहदा, जनताको आहार खोसिरहदा
जनता बाच्न पाउने अधिकार बन्चित गराई रहदा
हाम्रा सन्तानले स्कुल पढने अधिकार खोसिरहदा
यातायात बन्द भै आफ्नो गन्तब्य पुग्न सकि नरहदा
अंह मैले कविता लेख्नै सकिन !

Leave a Reply