पुण्डरी अर्याल
पुण्डरी अर्याल

दशैको शुभकामना
बादल छाटिदै छ, बर्षा मन्थर भैरहेको छ
रात छिपिदै क्षितिजमा लाली चढीरहेको छ
धानका बाला झुलेर, नवदुर्गा आइरहेको छ
नाकाबन्दी भएपनी दशैँ नजिकै आएको छ
ऐलेको दशैँ यस्तै रुखा सुखा भएपनि मानौ है
दुर्गा पुजा गरि आगौ साल भब्य मनाउला है
देशमा राष्ट्रबाद पलाउन थाल्दा मन नदुखाउ
अभावसित बाचेर भएपनि अस्तित्व जोगाउ
छिमेकी दुष्ट परेपछी , घरमा विभिषण भएसी
दुख त हामीले पाउनै थियो, यिनलाई नचिनेसी
तै पनि दशैँ आइसक्यो !
शुभकामना नदिइ कसरि बस्न सकिएला
कमसेकम सकारात्मक त सोच्न सकिएला
नवदुर्गा भवानीले प्रेम र सद्भाव जन्मियोस
हामी सम्पूर्णमा व्देष रिस राग मिटेर जाओस
दुर्गा ज्योति आभाले सबैको बिकार जलाओस
बन्धु बान्धवको भावना मनमा सधै आओस
शुखी एबम स्वास्थ जीवन सधैभरी आओस !
१०/१४/२०१५

Leave a Reply