
समयसंगै मान्छेको उमेर घरकदै जादो रैछ |
उमेरसंगै आफ्नै पुस्तासित टाढा भईदो रैछ ||
काम काजी हुदा सबैको हाइ हाइ हुदो रैछ |
अवकास पछी फगत एक्लै एक्लै भैदो रैछ ||
दुख सुख बाढने, अनि आफ्ना कुरा साटने ठाउ |
हृदयदेखि मनै खोलि एक आपसमा हास्ने ठाउ ||
आखिरकार आफ्नै खाले ठाउ चाहिदो रैछ |
त्यसैले हामी बीच प्रसाद फाउन्डेसन रैछ ||
सबै मिलिलुली तन मनले, बनाउ आफ्नो घर |
सबै मिलि कोशिश गरि, बनाउ कम्युनिटी घर ||
प्रसाद फाउन्डेसनको परिचयात्मक कार्यक्रममा वाचन गरिएको !
पुण्डरी अर्याल
न्यु योर्क