पुन्डरी  अर्याल
पुन्डरी अर्याल

कविता- झ्यालका सेता पर्दा …….
निश्चल स्वच्छ निर्मल, स्वेत बश्त्र झालका पर्दा
थिए सबका सफा स्वेत. मन, कपडा र भित्ताहरु

बाहिर हिउले ढाकेका, गगन चुम्बी सेताम्मे चुली
वारी मेनाटन पारि जर्सीसिटि, बिचमा हडसन नदि

बिजुली प्रकाश परावर्तनले जाजल्यमान न्यु योर्क
रात कहाँ थियो र थियो, आकाश झगमग उज्यारो

भित्र इन्सेटिभ रुममा, म थिए मन लिई अध्यारो
सुनसान कयौ रात बिते जिन्दगि बाच्ने उपक्रममा

सुर्य किरणको आगमनसंगै, आश लाग्थ्यो भिजिटरको
अब त थाकिसकेछन, कति भेटने आफन्त मित्रले

भेटने अब त घरका बाहेक, अरुकोइ भएनन
अब त उनीहरु आगमन पनि पातलो हुन् थाल्छ

रोगले मार्दै गए पनि, बाच्ने अभिलाषा जिउदो थियो
नर्स डाक्टर औषधि, हस्पिटलको कोठा थिए दिनचर्या

नर्स बदलिंए डाक्टर बदलिए औषधि बदलियो
रोग बदलिएन, पिडा छुटेन तनमा

कतिकति मनशा र अभिलाषा थिए मनमा
मृत्यु संगै लुकामारी खेल्ने क्रम जारी छ

पवित्र मन नरसिंग सत्सेवा आभारी छ मन
उनका व्यवहार रोगको. उपचारका मलहम छन्

स्वेत रंग सेतो पवित्र समर्पणको, रंग नर्सका पहिरन
शरीरले साथ् दिन छोडे पनि, मन मस्तिष्कले छोडेन

बच्ने जिजिविषा छ, रोगले छोडेन मुटु र कलेजो
बितेका स्मरण धुमिल हुदैछ, विश्वास मर्न नदिने
विश्वासका साथमा, जिबन निरन्तरता लागि ….

कोलम्बिया हस्पिटल