पुन्डरी  अर्याल
पुन्डरी अर्याल

कतै बाडी र पैरोले बगाएर बस्तिहरु सुनसान छन
कतै दाल भातको कतै त झन् बासको समस्या छन

जनताको स्वास्थको उस्तै डर लाग्दो समस्या छन
देशमा रोजगारी नभएर खाडीका देश भरि भराउ छन

युवा जति परदेशमा गाउ बुढाबुढीको बस्ति बन्दै छन
हलो कोदालो गर्ने लोग्ने मान्छेको अकाल परेको छन

महिलाले हलो जोत्ने घर छाउने मलाम जाने बाध्यता छन
कर्मचारीले घुस र भष्ट्राचार गरि आतंक मचाएकै छन

नेताहरुले देशलाई लुटन सम्म लुटि मोज गरेकै छन
बाह्र बर्षे जनयुध्द भए नि जनता जस्ताको जस्तै छन

पचायत फेल भयो, बहुदल भडुवाले फेल गराए
राजा हटाएर जनतालाई अमन चैंन दिने भन्नेले

आफैले अमन चैन भोग गरिरहेकै छन्
कहिले गणतन्त्रको नाममा, कहिले संविधानको नाममा,
कहिले जातीय राज्यको नाममा, कहिले आरक्षणको नाममा
कहिले सहमतिनाममा, कहिले १२ बुंदेका नाममा
आखिर कहिले सम्म ?

Leave a Reply