prasad

धोकाघडी गर्नेको हालत पनि देखिएकै छ
फट्याई गर्नेको अनुहार पनि देखिएकै छ

हेर्दा सभ्य सफा चिटिक्क देखिएर के गर्ने
भित्र पाप मैला पालेको पनि देखिएकै छ

नियत मनको कसैले कसरी थाहा पाउने
मिठो बोलिमा घात भाको पनि देखिएकै छ

राम नाम ओढनि ओढनेको छुरा कसले देख्ने
मनमा दुश्काम पाप पालेको पनि देखिएकै छ

Leave a Reply