prasad
एकपल्ट मायामा फसेर त हेर्नुस
मद् मस्त आनन्दमा भुलेर त हेर्नुस ||

मायाको जिकिर गरेको छु हजुरलाई
मुस्कानले स्वागत गरेर त हेर्नुस ||

जिन्दगीमा माया भन्दा अरु केहि छैन
दुखि जिन्दगीमा मलहम लाएर त हेर्नुस ||

जिन्दगि भन्ने शुख दुख नै त हो
दर्द मनमा भए भुलेर त हेर्नुस ||

Leave a Reply