बुध्दी मोक्तान
बुध्दी मोक्तान

म को हुँ दुनियाँ सारालाई सोधेँ
धर्तीले बोलेन, तारालाई सोधेँ

बगेथ्यो रगत कहाँ पुग्यो क्रान्ति
रोल्पा र रुकुम, खारालाई सोधेँ ।

बलात्‍कृत भएँ म खै तिम्रो न्याय
विधान भित्रको, धारालाई सोधेँ ।

फुटेर गयौ कि जुट्दै छौ तिमी
कैलाली बाजुरा, बारालाई सोधेँ ।

देशै त बनेन किन मर्‍यौ ब्यर्थै
शहीद भएका, प्यारालाई सोधेँ ।

बुद्धि मोक्तान
चाँगे -३, ताप्लेजुङ
[म्यारिल्याण्ड, यु एस ]

Leave a Reply