पुर्णराम  कुलुंग
पुर्णराम कुलुंग

आखिर त्यो प्रेमको वीचमा दोषी भयो जात
फाटो ल्याई दुई किनारा भई पाउनै पर्यो घात

सबैले भन्छन मान्छे एउटै हुन्छन भन्ने कुरा
अन्त्यमा गएर उसैबाट सुरु भयो पक्षपात

माया लाउने नाममा अस्मितामा दाग लगायो
स्वार्थी बनि पराई बन्दै गरिछाडयो मलाई घात

दुई पैसाको कौडीसँग साटिलग्यौ वाचाकसम
महलको सपना देखि, बिर्स्यौ आफ्नो औकात

जता राम्रो उतै काम्रो लगाईं छोड़्यौ तिमिले
अदालतमा ओकालत गर्न ठूलै बनायौ जमात

हास्दापनि आशु बग्ने पर्यौ मेरो भागमा
आखिरमा सातजन्मको देखाइदियौ खात

रुवाउनुहुन्न कसैलाई भनेर थमाएथ्यो काधमा
तर अन्त्यमा गराइछाड्यौ मेरो पुरपुरोमा हात

पूर्णराम कुलुङ ूमौसमू याफु(५, वाल्याङ, संखुवासभा
हालस् खाँद्वारि(१०, पीपलडाँडा, संखुवासभा

Leave a Reply