किन हामी बिमारी भैरहन्छौ ?

 

के हामीलाई  रोग लाग्नु भनेको किटाणुले गर्दा हो ? के ब्याक्टेरिया गर्दा हो ? के भाइरसले गर्दा हो ? अथवा जेनेटिकले गर्दा हो ? के तपाइले क्यान्सरलाई समातेर सरिरमा राखेको हो ? के तपाईले सुगर रोग अरुबाट ल्याएको हो ? के हार्ट एटक्ट 

अरुबाट आएको हो ? 

यसको उत्तर होइन नै हो । फेरी पनी केहि महामारी रोग बाहिरबाट सरिरहेको छ । यो अपवाद हो भवितव्य हुन् सक्छ । यो महामारी रोगले पनी नछुएको पनि कयौ मानिस छन् । महामारी रोगलाई जितेका मान्छेहरु कैयौ छन् । त्यसैले हाम्रा सरिरमा लाग्ने अनेकौ रोग हाम्रै खानपिन रहन सहन वातावरणले सृजना र निर्माण गर्ने हो । रोगको उत्पादन हाम्रै सरिरले गर्ने हो । 

  जंगलमा रहने र प्रकृतिमा बाच्ने सम्पूर्ण स्वतन्त्र जनावरमा माथि उल्लेखित कुनै रोग लागेको अनुसन्धानकर्ताले अहिलेसम्म भेट्याएका छैनन । जंगलमा रहने जनावर रोगबाट मुक्त छन् तर घर पालुवा जनावरहरु बिमारी भैरहन्छ किन ? यसको बारेमा कसैले सोचेका छैनन । किन भने घर पालुवा जनावरलाई मानिसले आफ्नो किसिमको दाना पानी दिन्छन, त्यसैले ति जनावरहरु बिमारी हुन्छन ।  

कुनै पनि मानिसमा लाग्ने रोगका जीवाणुलाइ मुसा र बादरलाइ हालेर बिरामी बनाइन्छ र त्यसमाथी अनुसन्धान गरिन्छ । त्यसले उत्पत्ती गरेको रोगको लक्षणलाइ दबाउनको लागी औषधी निर्माण गरिन्छ । ति औषधिहरु निरन्तर ख्वायर कन्ट्रोल मात्रै गर्ने औषधि बनाइन्छ । रोगलाई निमिठ्यान्न निर्मूल गर्ने कुनै पनी औषधी बनाइदैन । ति औशधीले यति धेरै साइड इफेक्ट गर्दछ कि  फेरी अर्को रोग निम्त्याइएको हुन्छ । यसरि फेरी अर्को औषधि थपिन्छ । यहि कारणले आधुनिक मानिसहरु औषधिकै भरमा बाँचिरहेका छौ । 

कुनै पनी रोगको निर्मूल पार्ने यो संसारमा औषधी बनाउन नसक्ने पक्कै होइन । यदि त्यस्तो औषधी बनाइयो भने संसारमा सबभन्दा बढी लगानी भएको मेडिकल फिल्ड नै धरासायी हुने डरले यो सतकार्य गर्न गरिदैन । मेडिकल फिल्ड औषधि, मेडिकल शिक्षा, हेल्थ इन्सुरेन्स र प्राइभेट हस्पिटलहरुले मुमागे रकम आम जनताबाट प्राप्त गरिरहेकै छन् । एलोपेथि डाक्टरहरुले औषधी प्रिस्काइप गर्दछन । तर कस्तो बिमारीले कस्तो खाने, कुन खानाले के असर गर्दछ । भन्ने कुरा न भनेर भन्दैनन,  जे खाए पनि हुन्छ भन्ने गर्छन । अमेरिकामा केहि बैज्ञानिकहरुले प्राकृतिक रुपमा अधिकांश रोगलाई निर्मूल बनाउन सकिन्छ भनेर प्रामाणित गरेको पाइन्छ । तर त्यसको प्रचार प्रसार भएको पाइदैन, अर्थात त्यसलाई निरुत्साही गराइएको छ । त्यस कुरालाई कुनै पनी मिडियाले साथ दीएको पाइदैन । मिडियालाई पैसा चाहिन्छ ।  आधुनिक एलोपेथी औषधिको यति धेरै बिज्ञापन हुन्छ कि प्राकृतिक उपचार पद्दति आम जनतासम्म पुग्ने सक्दैनन । संसारभरि अहिलेको जमानामा प्रोसेस फुड, पिजा बर्गर, आदि इत्यादी जंक फुड, फ्राई चिप्सहरु आफ्ना छोरा छोरीलाइ ख्वाउछौ । कोक फेन्टा, गुलियो जुस ख्वाउछौ । तर त्यसले स्वास्थ्यमा के असर पर्छ भन्ने कुरा कुनै अभिभावकले सोच्दैन । अर्थात हामीलाई त्यसको ज्ञान छैन । आधुनिक खानाले हाम्रो जिब्रो बिग्रिसकेको, हामीलाई त्यहि चाहिन्छ । त्यसतै खानाको लत लागिरहेको छ । म एउटा एलोपेथि डाक्टरलाइ भेटेको छु । मैले आयुर्वेद र नेचुरल मेडिसिन पद्दतिको बारेमा कुरा गरे । साच्चै नै उनले मलाइ नढाटी भने मैले यसको बारेमा अध्ययन गरेको छु । यो संसारमा सबभन्दा धनि मानिसहरु फुड र मेडिकल माफिया छन् । यिनीहरुको शक्तिशाली संजाल छ । हरेक खानामा केहि नकेही हानिकारक तत्व छ । त्यो मिसाइएको पनि हुन् सक्छ । बजारमा पाइने कतिपय स्वादिष्ठ खाना निरन्तर खाइरह्यौ भने चालिस बर्षको आस पासमा तपाइँ क्यान्सर शिकार पक्कै हुनुहुन्छ । यी खाना कै कारणले मानिसहरुमा रोगको उत्पत्ति भैरहेको छ । मानिसहरुमा प्राकृतिक रुपमा बनिरहने इम्यॊन पावरलाइ नष्ठ गर्दिन्छ । औषधिको कारणले पनी मानिसमा स्वत हुने इम्यून पावरमा ह्रास आइरहेको छ । इम्यून पावरको नास हुनमा वातावरनको हात हुन्छ । 

आयुर्वेद अनुसार मानिस तव बिमारी हुन्छ जब मानिसमा कफ वात र पित्तको ब्यालेन्स बिग्रन्छ । अर्थात सरिरलाई सन्तुलन राख्ने इम्यून सिस्टममा गडवडी हुन् थाल्दछ । खानाबाट प्राप्त हुने toxin अर्थात विषाक्त पदार्थ सरिर जमा हुन् गइ हाम्रा इम्यून सिस्टम नष्ट गरिदिन्छ र रोगले आक्रमण गर्दछ । रोगको उत्पती हुन्छ । 

रोग लाग्नाको कारण निम्न छन 

  • कहिँ  कतै व्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनु भयो र तपाइको सरिरले  जित्न सकेन भने तपाइ तिनको शिकार बन्नुहुन्छ र बिमार पर्नु हुन्छ ।
  • अर्को कुरा तपाइको सरिरले नै कुनै यस्तो चिज उत्पादन गर्छ जुन तपाइको आफनै कम्जोर ठाउमा घात गरिदिन्छ । तव तपाइँ बिमारी हुनुहुन्छ ।

 यसको दुइवटा कारण हुन एउटा तपाइको इम्युन  सिस्टम कमजोर हुनु, अर्को भनेको तपाइको सरिरमा toxin विषाक्त तत्वले आक्रमण गरेर । अझ हामीले प्रश्न गर्ने ठाउ छ । के कारनले गर्दा माथि उल्लेखित अबस्था आउछ ? हामीले निम्न  निष्कर्ष निकाल्न सक्छौ ।

 

  • हाम्रो सरिरमा धेरै विषाक्त पदार्थ भएको कारणले ।
  • हामीमा यथोचित पौष्टिक खानाको अभावले गर्दा 
  • अत्यधिक बिधुतिय चुम्बिकीय अब्यबस्थामा  घेरिनु र नेगेटिभ असरले गर्दा ।
  • मानसिक र भावनात्मक दवाव भस्नु ।

यहि चार वटा प्रमुख कारणले गर्दा हाम्रो (रोग प्रतिरोधात्मक शक्ती) इम्यून पावर घटछ । यहि कारणले सरिरको बन्शानुगत कमजोरी भएको ठाउमा आक्रमण गर्दछ । हाम्रो सरिरमा स्वास्थमा असन्तुलन हुनगइ रोगले प्रवेश गर्दछ । हुन्छ ।

हामीले सबभन्दा पहिले यी चार कारण मध्ये पहिलो कारण विषाक्त पदार्थ Toxin के लाइ भनेको हो ? भन्नेबाट बहस शुरु गरौ ।

 

बिष toxin भन्ने कुरा के हो,  बुझ्नु आबश्याक छ । toxin भनेको एक किसिमको मन्द बिष नै हो । जब सरिरमा toxin को मात्रा अत्यधिक हुन्छ ।  सरिरले त्यसलाई धान्न सक्दैन भने हामि बिमारी बन्न पुग्दछौ उस्तै परे मर्न बेर लाग्दैन । कुनै पनी रोग लाग्न को लागी कुनै न कुनै कारण नभैकन रोग लाग्दै लाग्दैन । के कारणले गर्दा हाम्रो सरिरमा toxin ले प्रवेश पाउदछ ? यो पनि एउटा महत्पूर्ण प्रश्न हो ।

  एउटा कारण मध्ये हामीलाई के के विषाक्त पदार्थ toxin हो भन्ने कुराको ज्ञान  छैन । हामीले जे जति लोभ लाग्दा मिठा खाने कुरा भेट्यो कि खाइ हाल्छौ, के कुरा खानाले  सरिरमा टोक्सिन बन्न पुग्दछ । कुन चिज खानेकुरा toxin  हो भन्ने कुराको न त अध्ययन छ न त ज्ञान  नै छ । त्यहि खानाको कारणले हाम्रो सरिर विसंच हुन् पुग्दछ । अनि डाक्टर कहाँ जान्छौ, डाक्टरले केहि औषधि लेखिदिन्छ । केहि आफै जान्ने भएर औषधी आफैले किन्छौ । यो त दवाई हो  । साच्चै बाहिर देखिएको रोगको लक्षणलाइ दवाउनु नै यसको काम हो । त्यसैले मान्छेले औषधिलाई दवाई भनेको होला ! निको पार्ने यसको काम त होइन ।

हरेक दवाइको साइड इफेक्ट त भै नै हाल्छ । अनि त्यहि साइड इफेक्टबाट सृजित अर्को लक्षणले  फेरी औषधिको डिमाण्ड आउछ । फेरी  अर्को औषधि गर्दा गर्दै, जे जे सरिरमा देखा पर्दै गएका रोग अथवा लक्षणको आधारमा औषधिको एउटा सर्कल बन्न पुग्दछ । दवाइहरु भनेको रोगको लक्षणलाइ दवाउन प्रयोग भएको हो । यी दवाईबाट रोगबाट मुक्ति पाउन सम्भावना नै छैन । यसको प्रयोगले हामीमा भएको इम्यून रोग प्रतिरोधात्मक शक्ति क्षण हुन पुग्दछ ।  त्यसपछी जुनसुकै भाइरस, ब्याक्क्टेरियाले सजिलै हामीलाई आक्रमण गर्न सक्षम हुन्छ । बिसौ बर्ष देखि एउटै ब्राण्डका औषधि बेचिराखेका छन् । कतिपय भिटामिंसको नाममा, कतिपय फूड सप्लिमेंटको नाममा, ब्यापार गरि राखेका छन् । न यी औषधि निर्माताहरुको नियमित  अनुगमन नै भएका छन् । कतिपय औषधी खाएकै कारणले मान्छेको मृत्यु भएको छ । एउटा बिमारी मर्यो भने कहिँ औषधिको कारणले मरेको हो कि भन्ने कुनै अनुसन्धान संसारको कुनै ठाउमा भएको देखिदैन । त्यस्तै फुड आइटमको हालत त्यस्तै छ । अहिले अमेरिकामा केहो बेबीमिल्क को कारणले बच्चाहरु मरेको हुनाले केहि ब्राण्डका बच्चाको दुधका डिब्बालाइ बन्द गराएको छ । 

ठुलै दुर्घटना भइ  केश दायर नगरे सम्म बिकसित मुलुकमा त यस्तो हालत छ भने हाम्रो नेपालमा त के कुरा गर्ने र ! यो धन्दामा त ब्रह्म लूट नै छ । संसार मै प्रत्येक बर्ष लाखौ मान्छेहरु औषधि कै कारणले मर्दछन । धेरै मान्छे त खानको कारणले बिमारी पर्दछ अनि मर्दछन । जुनसुकै औषधि पनि केमिकल नै हो । सरिरमा केमिकल पुर्याउनु भनेको बिष सेबन गरे बराबर हो । अब हेर्नुस आजकलको खानामा केमिकल नमिसिएको कुनै खाना होला ? असम्भव जस्तै भयो । अर्गेनिक, प्राकृतिक अन्न कहाबाट पाउनु । 

गाइ पालन  गर्ने व्यवसायीले बढी दुध निकाल्न गाईलाई अनेक केमिकल युक्त भिटामिन ख्वाएर दुध निकालिन्छ । यो दुध हाम्रो सरिरमा परेपछि पक्कै toxin हुन्छ । दुध डेरीले पहिले दुधलाइ धेरै दिन टिकाउन pasteurized गरिन्छ । र केमिकल हालेर धेरै दिन सम्म न फाटने गराइन्छ । एक त pasteurized गर्दा दुधमा भएको ब्याक्टेरिया जीवाणु सहित सबै भिटामिन मिनरल तत्व नाश भएको हुन्छ । त्यो खाएर फाइदा भन्दा बेफाइदा नै हुन्छ । 

बिमारी अर्थात रोगी हुनुमा सयौ कारणहरु छन् । जसले गर्दा यस यो बिषय नै धेरै जटिल बन्दै गैरहेको छ । जस्तै फुड माफिया, मेडिकल माफिया, मेडिकल इन्सुरेन्स माफिया , वातावरण बिगार्ने उधोगीहरु, वायुमंडललाई दुषित बनाउने हरु, यी सबै बिचमा काँही न कहिँ कनेक्सन छ भनेर अनुमान लगाउन सजिलै सकिन्छ । हुन् त म मेडिकल डाक्टर होइन, तर पनी म आयुर्वेद र प्राकृतिक उपचारको बिधार्थी भएको नाताले अबस्य केहि कुरा भन्न चाहि सक्छु ।

  प्राकृतिक रुपमा अर्गानिक खाना र खानपिन को ब्यबस्थापनले धेरै रोगलाई सरिरमा प्रवेश गर्न रोक लाग्न सक्छ ।  मेन मेड फूड मान्छेव्दारा बनाइएको खाना अप्राकृतिक हो । रासायनिक मल हालेर हाइब्रिड गरिएको बिउ, किटनाशक केमिकल हालेर उत्प्पादन गरेको अन्न तरकारी के सरिरलाई स्वास्थ्य राख्दछ त ? पक्कै पनी राख्दैन । ति सबै toxin हुन् । 

  मान्छेको सरिर र सरिर भित्रका भित्रि अर्गनहरु (अंगहरु) स्वयम मा एउटा बायो केमिकल इन्डस्ट्री हो । हामीले खाएको खानालाई एनेर्जिमा बदल्ने र  सरिरलाई चाइने तत्व भिटामिन, मिनरल खानाबाटै पूर्ति गर्ती गर्ने स्व चालित कारखाना संचालन पनि हाम्रो सरिरले आफै गरिदिन्छ । त्यसैले उपयुक्त मात्रामा  अर्गेनिक खाना र शुध्द पानी खायौ भने सरिरको इम्युन पावर घटदैन । जबसम्म सरिरको इम्युन पावर बलियो हुन्छ । तब सम्म कुनै रोगले शिकार बनाउन सक्दैन । यदि कुनै रोगको लक्षण देखिहाल्यो भने प्राकृतिक रुपमा पाइने जरिबूटिका सम्रिश्रणको सहायताले हाम्रै सरिरले आफै उपचार गरिदिन्छ । toxin ले सरिरभित्रको इम्यूं पावरलाई घटाउछ र सरिरको सन्तुलन बिगारी दिन्छ ।  

आयुर्वेदमा भनीएको छ, कफ वात पित्तको सन्तुलन बिग्रन गयो भने सरिरमा रोगले आक्रमण गर्दछ । सरिरमा कुनै पनि खतरनाक रोग लाग्नु भन्दा अगाडी केहि लक्षण देखा पर्दछन । वास्तबमा त्यो रोग हैन । ज्वरो आउने, कम्जोर महसुस हुने, पिसाव पहेलो हुने, टाउको दुख्ने, पेट दुख्ने आदि इत्यादि रोग होइन । यी लक्षणहरु तपाई हाम्रो सरिरले रोगको प्रतिरोध गर्न प्रयास गर्दा देखिने लक्षण हुन् । जब सरिरको इम्यूं पावरले प्रतिरोध गर्न सक्दैन तब तपाइँहाम्रो सरिरमा कुनै खतरनाक रोगले प्रवेश गरिसकेको हुन्छ । जबसम्म सरिर प्राकृतिक  रुपमा सन्तुलन रहन्छ, तबसम्म कुनै पनि रोगका लक्षण देखिदैन । 

रोग नलाग्नको लागी हामीले सर्बप्रथम सरिर भित्र प्रवेश गर्ने toxin को मात्रा कम गर्न आवश्याक छ । पुरै त toxin नभएको खाना वातावरण पाउनु त असम्भव जस्तो नै भैसक्यो ।  त्यसैले हामीले स्वस्थ रहनलाइ सरिरबाट कसरी बिष (toxin) लाइ घटाउने बारे सोचौ । केहि टिप्स छन् जसले गर्दा सरिरमा प्रबेश गरि सकेको toxin कम गर्न मद्दत गर्छ ।

 

हाम्रो सरिरमा Toxin को मात्रा हुन नहुन निम्न आधारले निर्धारण गर्दछ । 

क) हामीले के खाइरहेका छौ ।

ख) सरिरबाट के बाहिर निस्किएको छ । 

ग) सारीरिक ब्यायाम ।

घ) आराम/ नीद । 

०) बिचारहरु 

 

सरिरमा के गैरहेको छ के खाइरहेका छौ कस्तो खानेकुरा खाएका छौ ?  हामीलाई फाइदा गरेको छ कि, कुनै किसिमको अफ्ठ्यारो बनाएको छ कि ? सरिरबाट बाहिरिन पर्ने दिशा पिसाप पसिना के कति मात्रा निस्केको छ । खानाको अनुपातमा सरिरबाट फोहर बाहिर निस्कन आबश्याक छ ।  सारीरिक ब्यायाम कर्म गरेका छौ कि छैनौ ? के हात खुटा कतिको चलाई राखेका छौ, हिडाई पुगेको छ । सरिरमा लचकता छ छैन ? त्यसमा बिचार गरौ । आब्स्याकता अनुसारको आराम निद पुगेको छ छैन । हामीले सोच्ने बिचारहरु सकारात्मक छन् छैन् ।  

हामीले बोल्ने कुरा के कता लवज बोल्दै छौ । यिनै कुरा हुन् जो सन्तुलन गर्न सक्दैनौ  र हामीलाई toxin बनाउछ । नकारात्मक बिचारले सरिर अस्वस्थ बनाउदछ र Toxin युक्त खानाले आलस्य, अल्छिपन, नकारात्मक बिचारको उत्पत्ति हुने हुनाले, यसमा बिचार पुर्याउन आबस्याक छ । यी बिषयगत कुराले गर्दा सरिरमा toxin को मात्रा बढछ । हाम्रो सरिर acidic बन्न पुगदछ ।  

 

के लाग्छ तपाइलाइ ? मैले उल्लेख गरेको यी  कुरामा बिचार पुर्याउन सक्यो  भने  हामीमा प्रवेश गर्ने रोग बिमारलाइ संच भन्दा पनि रोग नलाग्नका लागी रोकथाम गर्न मद्दत गर्दैन त ! मानिसको प्राकृतिक सन्तुलन अबस्था भनेको सरिर स्वस्थ हुनु नै हो । यदि तपाइँ हाम्रो सरिरमा कुनै किसिमको समस्या आयो भने, कठिनाइ भयो भने, रोगका लक्षण देखियो भने, वा हामीमा मन मश्तिश्क, बिचार र  सरिरमा कुनै किसिमको असन्तुलन पैदा भयो भने  त्यो अबस्था तपाइँ हामि सन्तुलनबाट बाहिर गएको अबस्था हो । 

असन्तुलित अबस्था भनेको कुनै न कुनै रोगको सिकार भएको वा हुन लागेको प्रारम्भिक अबस्था हो । यस्तो अबस्था हाम्रो प्राकृतिक अबस्था होइन ! बास्तबमा भन्ने हो भने प्रकृतिमा भएका कुनै पनी प्राणीहरु स्वस्थ रहनको लागी गरिएको रचना हो उनीहरु बिमारी हुनको लागी हुदै होइन । मानिसहरु अछुतो हुने कुरै आउदैन । यो कुरा मनन गर्न आबस्याक छ जस्तो लाग्दछ मलाइ । 

माथि उल्लेख गरिएका बूदामा बिचार गर्दा तपाइँ हाम्रो सरिर कतिको विष (toxin) युक्त छ । यसैसँग अन्तरसम्बन्ध छ । जब हाम्रा खानपान , रहनसहन र वातावरणले हामीलाई विषाक्त (Toxin) बनाउदछ तब हाम्रो सरिर प्रचुर मात्रामा अम्लीय (acidic) हुन् पुग्दछ ।  हाम्रो सरिरमा यदि ph लेबल acidic मा छ भने हाम्रो सरिरमा रोग लाग्दै छ वा लागिसक्यो भनेर जाने हुन्छ ।  ph भनेको potential of hydrogen it refers to the hydrogen ion concentration हो । 

हाम्रो सरिरमा भएको रगत वा पिसापमा ph लेवल ० – १४ मानिएको छ । लेबल ७ भन्दा तल छ भने त्यो  acidic हो भने सात अंक भन्दा माथी छ भने अल्कालाइन भएको मान्नु पर्दछ । हामीले पिउने पानि पनि ph लेबल ७ भन्दा माथि नै हुनु आबस्याक छ । साधारण त अल्कालाइन र एसिडिक बिचको न्युट्रल ph भएको मानिसलाई प्राय कुनै रोग लाग्दैन !  क्यान्सर  र मुटुको रोग भएको मानिसको ph लेबल अत्यधिक acidic हुन्छ ।  त्यसैले सरिर धेरै acidic हुनु भनेको सरिरमा बिमार र रोगलाइ आमन्त्रण गर्नु सरह हो ।  acidic हुनु भनेको सरिरको इम्यून पावर घट्नु हो । इम्यूं पावर घट्नु भनेको कुनै पनि ब्याक्टेरिया र भाइरसले सजिलै तपाइँ हामीलाई आक्रमण गर्न सक्ने अबस्था हो । 

जब तपाइको सरिरमा अल्कालाइन ७ र आठ बिचमा रहन्छ । तपाइँलाई साधारणतया कहिले पनि बिमारीले समाती हाल्देन । तपाइँले हेर्नु भयो भने प्रत्येक क्यान्सर भएको मानिसको pH लेवल acidic धेरै नै हुन्छ । मैले माथि उल्लेख गरेका कुरामा  बिचार पुर्याउन सकेनौ भने यसैको कारणले सरिर मा toxin हुन् जान्छ र जसले गर्दा नै  सरिरमा acidic बढछ र त्यो कारणले अझ रोग लाग्न र बिमारी हुने सम्भावना बढेर जान्छ । 

हाम्रो  सरिरमा के भित्र्याई रहेका छौ ? नाक आँखा कान छाला अनि मुखबाट जुन सरिरमा भित्र्याएका छौ । जुन चिजहरु सरिरमा प्रवेश गरेका छन । तपाइले भन्नु होला नाक कान आँखा छाला बाट कसरी toxin सरिरमा प्रवेश गर्छ भन्नु होला । जे जति नकारात्मक र खराब  कुरा छन चाहे सुघ्नुस, चाहे सास फेर्नुस, चाहे त्यसलाई छुनुस । चाहे हेर्नुस ति सबैचिजले तपाइँ हाम्रो सरिर विषाक्त गराउछ  । रह्यो खानेकुरा जो मुखबाट सरिरमा भित्र्याइञ्छ । त्यसको कुरै नगरौ सबभन्दा तुरुन्तै असर त्यसले गर्दछ । राम्रो शुध्द जुन सरिरलाई सुपाच्य छ । जुन खानाले सरिरमा acidic गराउदैन भनी  बिचार पुर्याएर खानु भयो भने सरिरमा कम toxin हुन्छ । नत्र भने मिठो लागे जति खाँदै गर्यौ भने toxin नहुने कुरै भएन । 

साधारणतया आजको दुनियाँमा देखिने तरकारी, अन्न  होस् या फलफुल ति सबै मानिसले ब्यबसायिक तवरले धेरै फल्ने, धेरै समयसम्म नबिग्रेने बनाएर बजार बेच्ने गर्दछन । खानालाइ  उद्योग बनाइएको छ । यो व्यवसायमा धेरै फाइदा पनि छ, मानिसलाई नभई नहुने कुरा पनि हो । जुन खाना हामीले खाइरहेका छौ र बिमारी पनि भैरहेका छौ । अब हामीलाई खाना संग संगै औषधि पनि चाहिएको छ । त्यसैले बिशेषज्ञले भन्ने गर्दछन, फूड इन्डष्ट्रिज र फर्माक्युटिकल्स इन्डस्ट्रिज यिनीहरुको  कहिँ न कहिँ साइनो छन् । एक आपसमा कनेक्सन भएको मान्दछन । यहि धन्दामा बढी फाइदा पनि छ ।

प्राकृतिक अर्गानिक अन्नहरु न त धेरै फल्छन न त लाम्रो समयसम्म यथास्थितिमा रहन्छ  । त्यसैले यस्तो खेति गरेर किसानलाई पर्ता पर्दैन पनि बजारमा नराम्रो देखिने तरकारी किन्न चाहदैन । अर्गानिक तरकारीको मोल तेब्बर हुन् पुग्दछ । त्यो उपभोक्ताले चर्को मुल्य तिर्न चाहदैनन ।  त्यसैले मानिसहरुले धेरै उत्पादन हुने, बिउ बिजन र  जुन अनाजलाई हाइब्रिड बनाइएको छ, त्यो अनाजको DNA नै परिबर्तन गरेर धरै फल्ने, जिब्रोलाई स्वादिलो हुने बनाइएको छ । त्यो अप्राकृतिक नै हो । जुन कुराले स्वास्थ्यमा नकारात्मक असर देखाउने नै भैहाल्यो । जति प्राकृतिक अन्न फल फुल माथी हस्तक्षेप हुदै गयो । त्यति नै मानिसहरु पनि बिमारी र रोगका शिकार हुन् पुगेका छौ ।  

तरकारी खान्छौ , जुन ताजा राम्रो देखिन्छ त्यहि तरकारी नै बढी विषाक्त हुन्छ । अगर तपाइले तरकारिमा पेस्टिसाइड औषधि हाल्नु भएन भने किरा किरिले तरकारी फल्ने दिदैन, यदि त्यसमा त्यो चिजमा एन्टिबायोटिक र हर्मन मिसाइएन भने सप्रेर फल्दैन पनि त्यसमा पनि रासायनिक मल युरिया। अब ब्यबसायिक खेति गर्ने त्यो जतिसुकै हालेको छैन भनेपनि बिषादी हालेकै हुन्छ । हामीले ति सबै खाइ रहेका छौ । यी विषादीयुक्त खानासंगै हाम्रो सरिरमा थोरै भए पनि बिषले प्रवेश पाइरहेकै छ । त्यो विषाक्त खानाले सरिरमा TOXIN जब संग्रह हुदै जान्छ । अन्त्यमा क्यान्सर जस्ता जटिल रोगको शिकार हुन् पुग्दछौ ।  ति अन्न अनाज तरकारीमा बिषादी र रासायनिक मल खांद हालेको उत्पादन अन्न तरकारी खाएर स्वस्थ कसरि राम्रो होला ? स्वस्थ हुनु पर्ने ठाउमा हामि बिमारी परि राखेका छौ ।  

प्राकृतिक रुपले उब्जनी भएका फलफुल अन्न अनाज जसको स्वरुप मुख्य बिजबाट उत्पादन भएको हुन्छ । जुन अनाज, फलफुल, दुध दहि, माछा मासु अण्डालाइ परिष्कृत र हाइब्रिड बनाइनु र धेरै उत्पादन गर्न रासायनिक मल खाँदको प्रयोग हुनु । मासु र अण्डा उत्पादनको विभिन्न औषधि र हर्मनको प्रयोग हुनु, यी सबै कुराले आजको दुनियामा जुन कुरा मुखमा हाल्छौ । ति सबै toxin मात्रै हुने गर्छन । मिठो स्वादिलो त हुन्छ । त्यसले बिस्तारै सरिरका अर्गनलाई बिगार्दै जान्छ । सरिरलाई विषाक्त गराउदै लगेर उपचार हुनै  नसक्ने रोग लागेर मर्ने अबस्था बनेको छ । 

जब दूधलाई homogenized र pasteurized गरिन्छ । जुन कुरा अप्राकृतिक हो । जसको कलस्टर मलेकूललाइ सानो बनाउछ र सो सरिरमा पुगेपछि रक्त नलीलाई खराब गर्दछ । जसले पाचन क्रियालाई कमजोर गराउदछ र पाचन क्रिया राम्रो हुदैन । जसले गर्दा मुखबाट अमिलो पानी आउने, एलर्जी हुने, कब्जियत हुने, LDL कोलेस्टर नसामा टासिंछ र रक्त बाहिनी नलिलाई साघुरो बनाइदिन्छ । यस्तो भयो भने मानिसलाइ हार्ट एटयाक्ट हुन सक्छ, मुटुको रोग र पक्कै हुन्छ । homogenized र pasteurized दुध भनेको अप्राकृतिक हो । यदि १०० प्रतिशत अर्गानिक र प्राकृतिक हो भने त्यसको कुरा अलग्गै हो अन्यथा सबै मेन मेड हो । प्राकृतिक चिकित्सक भन्ने गर्दछन । यदि मानिसले ब्याबसायिक रुपले कुनै खानको उत्पादन गरेका वा बनाएका छन् भनेत्यो खानेकुरा खादै नखाउस भन्दछन । 

सारांशमा निम्न कारणले हामीलाइ रोग  बिमारीले समात्ने गर्दछ ।

  • हामीले जति मात्रामा विषाक्त TOXIN सरिर भित्र पुर्याउछौ । त्यो पुरै तुरुन्तै सरिर बाहिर निस्कासन सकदैनौ । यसको मतलब हाम्रो सरिर अझै पनि TOXIN  छ ।   
  • हामि सरिरलाई आबस्याकता हुने पोषणयुक्त खाना दिन सकेका छैनौ भने सरिराले यो खुराक पाउन सक्दैन  र सरिरमा पोषणयुक्त तत्व कमि भएर रोगि हुन् पुग्दछु । 
  • हामि इलेक्ट्रो म्यागनेटिक चाहेर नचाहेर नजिक छौ । फोन टिभी मिडिया, इन्टरनेट यसको नाकारात्मक असर सरिर पर्दछ र बिमार हुन्छु ।
  • हामि कुनै न कुनै घरायसी सामाजिक ब्यबसायिक रुपमा मानसिक वा भावानात्मक तनाबका जन्जालमा बधिएका हुन्छौ । जसले रोगलाई सजिलै निम्याउन सक्दछ । 

यी सबै कुराहरुले हाम्रो सरिरको एनेर्जी लेबल लाइ असन्तुलित बनाउन पुगदछ त्यसको फल स्वरुप हामीलाई रोगले सजिलै प्रवेश पाउदछ ।त्यसैले तपाइँ हामीलाई रोग नलागोस भनेर  हामीले हाम्रो मानसिक तनाब मुक्त हुने कोशिस गर्नु पर्दछ । सरिरको इम्युन सिस्टम बलियो बनाउन अर्गानिक खाना toxin  फ्री खानु पर्दछ । हाम्रो सरिरर्लाई सदा acidic हुन् बाट बचाउन सरिरलाई alkaline बनाउन आबस्याक छ । माथि समाबेस गरिएका कुरालाई मनन गरेर ब्यबहार गर्नु भयो भने तपाइँ हाम्रो सरिरमा रोग लाग्दै लाग्दैन ।

 

000000 -Pundary Aryal