लड़ेथे सहिदहरु मिल्ला गास बास सास भनि यहाँ
हुन्छ बिकास फडको मारेर गतिले मुलुकको यहाँ
रोग भोक प्यासमा हुने छ सुविस्ता जनताको भनी
दिए बलिदान देश खातिर उन्ले अन्तिम सास गनी
टुहुरा होलान सन्तान भनेर सोचेनन आन्दोलनमा
बिधुइ बन्लिन प्रिया भनि सोचेनन युध्द संघर्षमा
लागेथे पुराना रुढिबादीतन्त्र तोडेर फाल्छौ भनी
समानता हुने नौलो ब्यबस्था ल्याई छाडछौ भनी
लडेथ्यौ गर्जन गरि तिम्ले स्वेच्छाचारी भ्रष्ट बिरुध्द
जीउ सुम्पे थियौ तिमीले हुने छ भनी देश समृध्द
भएन ऐलेसम्म तिमीले सोचे जस्तो यो मुलुकमा
कसले तोडला भ्रष्टको चक्रब्युह अब यो मुलुकमा
जुन जोगी आउछन कानै चिरेका जस्ता भए नेता
जनताको उठेन स्तर कैलै उनको मात्रै भलो त्यता
०२/१९/२०२१