ढुक ढुक मुटुको चाल संगै
चिसो सास लिएर
तातो पारेर नाकबाट बाहिरिदै गर्दा
मष्तिस्कका तार नशामा बिगतका
नचाइदा
बिर्सन खोजेका कुराहरु
जेलिदै जेलिदै रातलाई निल्दै जान्छ ।
र
बरदानमा दिन्छ अनिदो रात /
औडाहा पार्छ चकमन्न रातले
हिजो आज र भोली लिएर बाच्ने मन
हिजो र भोलीको समय
सदा सदाका लागी बिदा गर्ने सुरले
मनमा मात्रै बर्तमानमा बाच्ने अभिलाषा
राख्न थालेको छ ।
मनले खोजेको छ,
बिगतको भोगाइलाई आत्ममनन गर्दै
सदा सदाको लागीका लागी मेटाउ,
र भोलीका कुराले
आजलाई नबिथोलोस ।
मात्रै बर्तमान शुभ बनोस ।
चाहना न हो मेरो ।
बन्छ,
बन्दैन त्यो मेरो हातमा त छैन ।
१२/१६/२०२०