आयुर्वेद अनुसार मानव सरिरमा त्रिदोष भएको कारणले यो जगतमा भएका रोग मानव शरीरमा उत्पन्न हुन् पुग्दछन । ती त्रिदोष भनेका १. वात २. पित्त ३. कफ हुन् ।

वात (gas) दोष

रोगको लक्षण :

१.दर्द, दुखाई

जिउ दुख्ने, हातगोडाका जोर्नीमा दुखाइ हुनु यी सबै वात दोषको लक्षण हुन्

२. डकार :
अपच भएर छाति पोल्ने, दुख्ने र ग्यास तल नगएर मुखबाट निस्कनेलाइ डकार भन्दछन । जुन वात दोषको लक्षण हुन्

३. आत्तिने डराउने , मुटुकोरोग, दमकोरोग र छालाको समस्या र वात रोग हुने वात दोषको लक्षण हुन्

वायु अर्थात वात जसको कारणबाट दुखाइ मात्र मानिसले झेल्नु पर्छ ।

कारण :-
जुनसुकै दुखाइ पनी सरिरको कोषमा अल्झेर वा रोकिएर दुषित वायु बसेको हुन्छ त्यसैको कारणले सरिरको जुनसुकै भाग पनी दुखि रहन्छ । यसका तिन कारण छन् ।

१. वायु उत्पन्न हुने खाना
मसिनो आटा,वा मैदा, बेसनका परिकार खानाले :
जुनसुकै दाल दलहन खानाले सरिरमा प्रोटिन र युरियाको मात्र बढाउछ । रातो मासुमा पनि अधिक प्रोटिन र युरिया हुन्छ । प्रोटिनले बिशेष गरेर सरिर बृध्दि गर्न मद्दत गर्दछ यी चिज बच्चाहरुको लागी उपयुक्त हुन्छ । चालिस कटेसी यो खानाले सरिरमा मोटापा बढाउछ । ओभर वेट हुन्छन मानिसहरु, पिसाब बाट युरिया बाहिर निस्कासित त हुन्छ तर पुरै हुन् सक्दैन / सरिरमा भएको युरिक एसिड र बढी भएको प्रोटिन सरिरको जोडमा गएर बस्छ र हड्डीको जोडमा भएको फ्ल्युडलाइ सोक्दछ र ज्वाइंट हड्डी एक आपसमा छुइञ्छ र जोडमा दुखाइ बढछ । सरिरले प्रोटिनलाई पचाउनको लागि धेरै युरिक एसिड उत्पादन गर्दछ । जसले गर्दा सरिरमा दुषित बायु बन्न पुग्दछ ।

२ . खाना संगसंगै पानि वा चिसो पीय पदार्थ सेवन :
हामीले खाना खाएको खाना पेटमा पुग्ना साथ सरिरमा हुने जठाराग्नी बल्न थाल्छ । खानालाइ पचाउन जठाराग्नी ताप र सरिरबाट उत्पन्न रसायनको सहयोगले मात्र खाना पचाउने प्रक्रिया शुरु भएको हुन्छ । यसै क्रममा हामीले खाएको खानामा भएको पौष्टिक तत्वका र रगत निर्माणको लागी आन्द्रा मार्फत ( कलेजो) सरिरमा पुर्याउछ । यदि यहि समयमा पानि तथा चिसो पेय पियौ भने जथाराग्नी निभ्छ र खानाबाट तत्व निकालेर सरिरले लिन सक्दैन । सबै खाना
पेटमा नै कुहिन्छ । जसका कारण अत्यधिक युरिक एसिड र वायु उत्पन्न हुन पुग्छ । यसो गर्दा फाइदा भन्दा नोक्सान धेरै हुन्छ ।
त्यसैले आयुर्बेद मत अनुसार खाना खानु कम्तिमा आधा घण्टा अगाडी पानि पिउने र खाना खाइसके पछि कम्तिमा एक घण्टा सम्म पानि वा पेय पदार्थ न पिउने भनिन्छ ।

३. आँत वा भित्रि पाचन क्रियाको कमजोरी : ब्यायाम र परिश्रम नगर्ने मानिसको आँत कमजोर हुन्छ । गरिष्ट भोजन गर्ने, सारीरिक परिश्रम नगर्ने, कुर्चीमा बसेर काम गर्ने वा खाना अधिक खाने र परिश्रम भन्दा आराम धेरै गर्ने मानिसको पाचन क्रिया कमजोर हुन्छ । यस्तो मानिसलाई गेस्टिक, अपच, हुन्छ र सो बायु बाहिर निस्कासन हुन सक्दैन र दुषित बनेर सरिरको खालि स्थानमा गएर बस्छ ।
निवारण
प्राकृतिक औषधी उपचार :
हामीले चलन चल्तीमा ल्याइरहेका खाध्य बस्तु नै उपचारको सामाग्री हुन् तर यो के कसरि, के हुँदा खाने भन्ने कुरालाई हेक्का राखे मात्र पुग्दछ ।

अदुवा : यसको मुख्य काम भनेको सरिरमा रोकिएको बायुलाई बाहिर निस्कासन गरिदिन्छ । सरिरको दुखाइ भएको स्थानमा राहत पाउने हुन्छ । अदुवाको रस र मह मिसाएर सेवन गरेमा काफ खोकीलाइ पनि निवारण गर्दछ । चिसोको कारणले जिउ दुखने जसलाई हुन्छ । अदुवाको धुलो आधा चम्चा महमा मिसाएर राति खाएमा आराम हुन्छ ।
लहसुन : सरिरमा बसेको वायुलाई बाहिर निकाल्छ / ज्वाइंटको दुखाइलाइ कम गर्न मद्दत गर्दछ । रगतलाई पातलो बनाउछ । रक्त नलीमा रहेको ब्लकेज अबरोधलाई खुलाउछ / कलेस्टर लेबललाइ घटाउन मद्दत गर्दछ । सर्दी जुकाम लाइ समेत कम गर्दछ / कमसेकम २ केसरा दिनमा दैनिक खादा धेरैरोगबाट बच्न सकिन्छ / लहसुन खादा अरुखाने चिजसंग मिलाएर मात्र खानुपर्दछ /
मेथी दाने : दुखाइ कम गर्दछ , एक चम्मच मेथी एक गिलास पानीमा भिजाउने, त्यसको पानि खाने र भिजेको मेथिलाई चपाएर खाने, वा मेथीको धुलोबनाएर एक चम्चा मनतातो पानीमा खालिपेटमा खाने /

प्राकृतिक उपचार : पेटमा दुखाइ छ भने भिजाएको रुमालले नाइटोको दाहिने तर्फबाट कलाक वाइज गुमाउने, १ मिनेट, फेरी तातो पानीमा भिजाएर रुमालाले सेक्ने, पालै पालो । यसो गर्दा पेटमा भएको वायु बाहिर निस्कंछ,
पाचन क्रिया बलियो हुन्छ । तर कहा चिसो सके गर्ने कंहा तातो सके गर्ने भन्न कुराको भने ध्यान गर्नु पर्दछ / जहाँ अन्य भागभन्दा तातो छ त्यहा चिसो सके गर्न पर्दछ भने जहा अन्य स्थानमा भन्दा चिसो छ त्यहा तातो सेक गर्न पर्दछ । करिब १० इन्च चौडा कपडा पानीमा चोबेर निचोर्ने र पेटको वरिपरि बाध्ने माथिबाट उनिको कपडाले बेर्ने / यसले वायुको समस्याबाट मुक्त पाइने छ । पाचन क्रिया बलियो हुन्छ । कब्जियतको लागी समेत फाइदा हुन्छ ।

एनिमा : मन तातो पानिले एनिमा लिएमा ठुलो आन्द्राको केहि भागमा जमेको मललाई बाहिर निकाल्छ / कब्जियत, वायु दोष, लाइ पुरै निवारण गर्दछ /

कफ दोष cough
कफ रोगको लक्षण

१. कफ सिगान र्याल काफ(बल्गम)
सर्दी, जुखाम, खांसी,
दम, टीबी, प्प्लुरिसि Pleurisy, निमोनिया

कारण: तेलमा तारेको खाना, मिठाइ, दुधको परिकार , फ्रिजमा राखेको खानेकुरा, धुवा धुलो, चिसो बातावरणमा रहनु.

प्राकृतिक औषधि

अमला : भिटामिन सी हुन्छ, पेटलाई सफा गर्छ /
लहसुन: कफ दोषलाई गलाएर पसिनाको माध्यमबाट बाहिर निकाल्छ / टीबी किटाणुलाई बिस्तारै मार्दछ
अदुवा: ससानो टुक्रा बनाएर १कप पानीमा उमाल्ने, अदुवाको पानीमा निबु निचिरेर मिसाउने २ चम्मच मह मिसाउने खाने / त्रिदोष नासक औषधि बन्दछ / चियाको रुपमा लिन सकिने छ /

प्राकृतिक उपचार:

जल नेती क्रिया: एक गिलास मनतातो पानीमा एकचम्मच नुन हालेर नेती क्रिया गर्ने ।
गलगलारे: नुनिलो मनतातो पानिले गलासम्म पुर्याएर गलगल गर्ने यसले गलामा भएको कफ सफा गर्दछ /
खुट्टाको तातोपानीले स्नान: बाल्टी वा बाटामा तातोपानी राखी नुन राख्ने र कुर्चीमा बसेर दुवैखुट्टा सहनसक्ने तातो पानी मा चोब्ने, सो भन्दा अगाडी दुइ गिलास पानि पिउने र टा उकोमा चिसोपानीमा भिजाएर कपडा
सुर्य स्नान : सरिरमा तोरीको तेल लगाएर बिहान नौ बजे देखि एक घण्टाको घामको ताप लिएर सुतिरहनु पर्दछ /
छातीमा पानीपट्टि: सुतीको भिजाएको कपडा निचोरेर छातीको भागलाई बेरेर राख्ने र सो माथि उनिको कपडाले बेरेर करिब एक घण्टा राख्नु पर्दछ ।
प्राणायाम : अनुलोम म विलोम बिधि :
-पद्मासन वा सुखासनमा कमर र पिठ्युलाइ सिधा बनाएर बस्ने -बाया हातको साहिली औलाले दाया नाकको प्वाल बन्द गर्ने .-बाया नाकको प्वालबाट सकेसम्म
सासलाई भित्र तान्ने | जब फोक्सोमा पुरा सास भरिन्छ तब एक छिन सासलाई भित्र रोकिराख्ने |
-फेरी बाया नाकको प्वाल बुढी औलाले बन्द गरि दाया नाकको प्वालबाट सासलाई आस्तरी बाहिर निकाल्ने | जब सम्पूर्ण सासको बहिर्गमन गरिसकेपछि एक छिन बहिर्कुम्भक (सास रोक्ने ) गर्ने |
-त्यसपछि बाया नाकको प्वाल बन्द गरि दाया नाकको प्वालबाट सास लिने र केहि बेर सास रोक्ने (अन्तकुम्भक गर्ने )
-अनि दाया नाकको प्वाल बन्द गरि वाया नाकको प्वालबाट सासलाई बहिर्गमन गर्ने |
यहि क्रियालाई पुन ११ पटक दोहर्याउने |

एनिमा : मन तातो पानीलाई वाटर एनिमा दिएर पेटमा जमा भएको फोहरमललाईबाहिर निस्कासन गरेर
पेट सफा गर्न मद्दत गर्दछ /

पित्त दोष ( acidity )

लक्षणहरु

जलन
अमिलो पानी र डकार आउने
शरीर भारि हुनु , मुटुको रोग, हाइ ब्लाड प्रेसर र इन्फेक्सन

कारण
१. गर्म मसाला, लाल मिर्च, नुन, अचार
२. चिया, कफी, तम्बाखु, अल्कोहल
३. माछा मासु अण्डा
४. पाकेको खाना मात्रै खाना खानु ( खाचो फलको अभाव)
५. क्रोध चिन्ता
६. औषधिको अधिक सेवन
७. मल मुत्र त्याग रोक्नु

प्राकृतिक औषधी
फाटेको दुधको पानी
फल र तरकारीको जुस (लौका, अनार नरिवल बन्दागोभी )
निबु : निबु पानी

प्राकृतिक उपचार
भिजेको तौलियाले पेटमा बेर्ने
रिढ स्नान : भिजेको तौलियाले रिढ़मा राखेर सुत्ने
ब्यायाम, प्राणायाम र ध्यान गर्ने
बिश्राम : गहिरो निद
एनिमा : दिनमा दुइ पटक सम्म गर्ने /
ताजा फल रेसेदार, सेवन गर्ने

११/२०/२०१९

Leave a Reply