४. दुख विनाशको मार्ग 

दुख विनास अथवा दुख निरोधको मार्ग के हो ? आर्य अश्तांगिक मार्गलाइ ब्याख्या गरिएको छ । जुन तिन भाग ज्ञान (प्रज्ञा ) सदाचार ( शिल) र योग  (समाधी)  स्कन्ध (भाग) बाडेर भएको छ । जस्तै १. ज्ञान : ठिक दृष्टि , ठिक संकल्प  २. शील :ठिक बचन , ठिक कर्म,  ठिक जीविका ३. समाधि :ठिक प्रयत्न , ठिक स्मृति, ठिक समाधी 

ज्ञान : १. ठिक{सम्यग)दृष्टि : कायिक, वाचिक,मानसिक, राम्रो नराम्रो कर्मको साचो ज्ञानलाई ठिक दृष्टि भनेका छन । राम्रो नराम्रो कर्म यस प्रकार छन् ।

नराम्रो कर्म 

कायिक -हिंशा , चोरी, व्यभिचार,    

वाचिक : मिथ्या भाषण ,चुगाली, कटु भाषण, बकबास 

मानसिक : लोभ , प्रतिहिन्षा, असत्य धारणा,

राम्रो कर्म 

कायिक अहिंशा, अचोरी , अ व्यभिचारी, 

 वाचिक  सत्य बचन, न चुगलिखोर, मिर्दु भाषण, न बकबास  

मानसिक: लोभ नगर्नु, प्रति हिंशा नगर्नु , सत्य धारणा गर्नु  । यसैलाई दुख विनाश मार्गको सहि ज्ञान नै ठिक दृष्टि ०दर्शन भनिएको छ । 

ठिक संकल्प : राग हिंशा प्रतिहिन्षा रहित संकल्पलाई नै ठिक संकल्प भनिएको छ । ठिक आचार ठिक बचन -झुट चगाली कतुभाशन,  र बकबास रहित सत्य मृदु बचन बोल्नेलाइ नै ठिक बचन आचार भनिएको छ । 

ठिक कर्म : हिंशा , चोरी, व्यभिचार रहित कर्म नै ठिक कर्म हो । 

ठिक जीविका : असत्य झुटको जीविकालाइ छोडेर सत्य जीविका गरि सरिर यात्रा चलाउनु नै ठिक जीविका भनिन्छ । हतियारको ब्यापार, प्राणीको ब्यापार, मासुको ब्यापार, रक्सि बिष दुर्ब्यसको ब्यापार आदिलाई बुध्दले बेठीक जीविका भन्नु भएको छ । 

ठिक समाधी: ठिक प्रयत्न :  इन्द्रियमाथि संयम, दुश्य भावना रोकेर राम्रो भावनाको उत्पादन गर्ने, सरिरलाई सुस्वास्थ राख्न गरिने प्रयत्नलाइ नै ठिक प्रयत्न भनिएको छ । 

ठिक स्मृति :सरिर , बेदना, चित्त, र मनको धर्म ठिक स्थिति को मलिन र दुख क्षणको बिध्वंशी हुने लाइ सदा स्मरण राख्नु लाइ ठिक स्मृति भनिएको छ । 

ठिक समाधी चित्तको एकाग्रतालाई समाधी भनिन्छ । ठिक समाधि भनेको मनको बिक्षप्तता हटाउन सकिन्छ । “सबै किसिमको नराम्रो कर्म छोडेर राम्रो कर्मलाइ अनुसरण गर्नु चित्तलाई संयम गर्नु भन्ने शिक्षा दिएका छन् बुध्द भगवानले ।  

क्रमश:

00000