जानी नजानी मेरो नजर तिम्रो नयनमा परेछ
पानि न पानि भइ नजर तिम्रो नयनमा परेछ

क्या नशा छ तिम्रा ति नयनमा भुतुक्क म हुन्छु
कसो कसो गरि मेरो नजर तिम्रो मुहारमा परेछ

तिम्रा पाउजुका छमछम आवाज कानमा गुन्जिदा
तिम्रो आगमनसंगै मेरो नजर तिम्रो बदनमा परेछ

मलाइ याद छ पहिलो जम्का भेटमा आँखा तिमिसंग
जोडीएथे अनायासै मेरो नजर तिम्रो नयनमा परेछ

साश्वत र सजिव रंगिन सपनाकि रानी जिबन संगिनी
पाउने मन थ्यो र त मेरो नजर तिम्रो नयनमा परेछ

पुण्डरी अर्याल, न्यु योर्क
०८/२५/२०१७

Leave a Reply