देखेको अर्कै सोचेको अर्कै सपना रहेछ
हरेक पटक मेरै साथ किन बल्झी रहेछ

हुनत बाटाहरु भेटिन्छन तर खुल्दैन र पो
अन्धकार भुमरीमा हराए जस्तै भैदो रहेछ

नदि किनारमा बालुवाको घर बनाए जस्तै
बनाऊदै नदीको लहरले बिगार्दै पो रहेछ

फुर्सदमा सजाइएको घर सजिन सकेन
हासिरछु केहि क्षण, तर मन रोइ रहेछ

जिन्दगीमा मृत्युको आभाषका यादहरुले
मेरो अन्तरमनको परिवेश पो चम्की रहेछ

०४/०५/२०१७

Leave a Reply