देवता भेटन मन्दिर पुग्छु र बिन्ति गर्छु
बिबेकहिन मान्छेको जगजगी छ प्रभु

संवेदनाहिन मान्छेको जगजगी छ प्रभु
दृष्टि दोषले मान्छेहरु विक्षिप्त छन् प्रभु

अलिकति बिबेक मान्छेलाई दिनुहुन्छ कि !
अलिकति संबेदन उनलाई दिनुहुन्छ कि !

लोभ, लुच्याई र धुर्त्याई हटाई दिनुहुन्छ कि!
मान्छेहरुमा देवत्व भरि दिनु हुन्छ कि !

म बिन्ति गर्दै थिए हे देव मान्छे साह्रै स्वार्थी भए
म दिक्क भएर तिम्रो शरणमा शान्ति माग्न आए

म देवता खोजी गर्न मन्दिरमा भित्र पस्दै थिए
उनि भने मान्छे बन्नलाई बाहिरिन खोज्दै थिए

०३/०९/२०१७

Leave a Reply