बोस्टन नगएको धेरै भैसकेको थियो | यो पटकको २ दिने छुट्टीमा बोस्टन जाने सोच बनाइयो | बोस्टन पटक पटक गएकै थिए | पहिलो पटक भैरहवाबाट चेतन दाइ अमेरिका आएको बेलामा उहालाई घुमाउने बहाना सपरिवार गएका थियौ | त्यतिबेला नै सरोज राणा कहा खाना खाइवरी सरोजले नै बोस्टन घुमाइदिएको कुरा पनि बिर्सेको छैन | देशबाट बाहिर भैरहदा भैरहवा वासीको नाताले एक किसिमको अपनत्व हुने स्वभाविक पनि हो | भैरहवामा देखभेट भएपनि नजिक भने थिइन म | सरोज दाइ पहिले नै अमेरिका आउनु भएको हुनाले पनि भैरहवामा पातलो भेट हुने गर्थ्यो | राणा परिवारको मान्छे हामीलाई वहालाई त्यसै हिसाबले हेर्ने गर्थ्यौ | तर सरोज भने त्यस्तो स्वभावको नभएको चेतनदाइले भने जस्तै सरोजदाइको स्वाभाब सरल निलनसार भएको अनुभव गर्न पाइयो | त्यतिखेर पनि हावर्ड बिश्वबिध्यालयको प्राणाङ्गमा गइ john harvard स्टाच्यु मा फोटो खिचाउने र एम आइ टि अगाडी गइ तस्विर खिचाउने काम गरेका थियौ | तर यो पटक भने वहासंग भेटन समय अभावका कारणले सकीएन |
त्यस्तै पछी भैरहवाको विजय शर्मा दाइको २५ औ बिबाहोत्सबको अबसरमा निम्ता थियो | यहाबाट कृष्ण पाण्डे दाइ र पुनम भाउजुलाई पनि संगै गाडीमा लिएर गएका थियौ | अलि चाडो न्युयोर्कबाट हिडी न्यु हेमासायरसम्म गइ रामराज पोख्रेलका गइ बिहानको खाना खाएर बोस्टन रामराज समेत भै फर्केर बिजय दाइको कार्यक्रममा सम्मिलित भै भोज खाइ फर्केका थियौ | विजय दाइ मेरो हाइस्कुल क्लासमेट सरोज सर्माको दाइ भएकोले पनि वहालाइ आफ्नै जस्तै लाग्छ | वहालाई पनि यसपटक भेटिएन |
रामराज पोख्रेलसंग अस्कल कलेजमा संगै पढेका थियौ | अस्कल होस्टेलमा पनि संगै बसेको साथि भएकोले त त मम हुने साथि मध्ये हो नै | उसको बुवालाइ मैले पहिले देखि चिन्थे | उसलाई नचिन्दै | वहा पुरानो कांग्रेस हो | सुकिला कांग्रेस आएपछि वहाहरु पछाडी परिरहनु भएको छ | फोनमा प्राय : बातचित भैरहन्छ |
यस पटक बोस्टन जानाको अलि फरक घराएसी भेटघाट थियो | हाम्रा भैरहवाका घर जोडिएका छिमेकि टाढाको भए नि नातापर्ने हरि पराजुली, रेखा पराजुलीले छोरा र बुहारी नातिनी भेटन आएको करिब १ बर्ष हुन थालिसकेको थियो | छोरा गौरब र बुहारी सम्झनाले हामीलाई असाध्यै माया गर्छन | उनीहरुले आफ्नै मानेका छन् | गौरबले नेपालबाट बिबाह गरि संझनासहित भएर आइ परिवार सरह ढोगभेट गराएका थिए | यसले पनि उनीले दिएको सम्मान कम थिएन | गौरव न्युयोर्क आउदा नपसीकन जादैनन् | सम्झनाले पनि सोध खोज गर्छिन,फोनमा संच बिसन्च भैरहन्छ | हरिजी रेखा अघिल्लो पटक त न्यु योर्क आएर बस्नु भएको पनि थियो | तर यो पटक वहा आउन भ्याउनु भएन | सम्झनाले पनि जब गर्न थालिकी भएर नातिनीले रेखालाई फुर्सत नहुनेले पनि हो आउन नपाएको रहेछ | वहाहरु नेपाल नफर्कदै हाम्री बुहारीबाट वहालाई ढोगभेट गराउन ढिलो भैरहेकोले पनि हामीले गौरबको घरमा भेटन जाने भनेर अचानत कार्यक्रम बन्यो | हाम्रा दुइवटै गाडीमा सपरिवार भएर घरवाट निस्केर बोस्टन तर्फ लाग्यौ | न्युयोर्क क्विन्सबाट ह्वाइट स्टोन ब्रिज लिई हच्को बाटो भै रुट ८४ लिदै हामि बोस्टन गौरबको घरमा करिब ४ बजे पुग्यौ | संच बिसन्च गरिरहदा चाय नास्ता खाने काम गरियो | हाम्रा लामा गफ चलिरहेकै बेला गौरबले बार्बिक्यु गर्न तयारि गरिरहेका रहेछन | सबै घर बाहिर गएर बार्बिक्यु गर्दै बाहिर बसेर खान थालियो | साझ झमक्कै हुदासम्म बिगतका अबिस्मणीय क्षणहरुलाई ताजा गराउने काम गरियो | भैरहवामा मैले छापाखानाको ब्यबसाय गरिरहदा हामि एउतै घरमा भाडामा बसेका थियौ | मित्रता झांगिए पछी हामि एकै ठाउमा घर बनाएर बस्ने निधो गर्यौ र उहासंग घरेडी किनेर संगै घर बनाएका थियौ |
म अमेरिका आएको धेरै बर्ष भयो पनि, गौरब आएको पनि धेरै भैसक्यो | गौरब एच वन बाट ग्रिनकार्ड भैसकेको र सिटिजन हुने बित्तिकै हरिजीको सपरिवार पनि अमेरिका आउने निश्चित छ | हामि जति टाढा भए पनि फेरी पनि समयले हामीलाई भेट गराइरहेको छ | नेपालमा वाकिंग डिस्टेन्स हुन्थ्यो भने यहा ड्राईभिङ्ग डिस्टेन्समा छौ |
हामि त्यहाबाट राति फर्कने सोचेका थियौ | यस्तै गफ गाफ भैरहे खाना खाइयो | बुहारिसंगको ढोगभेट गर्ने काम संगै हाम्रा आफन्तको साइनोको बारेमा बुहारीलाई बताउने गरियो | गौरबले हाम्रा छोरा छोरीलाई आफ्ना भाइ बैनी जस्तै ब्यबहार गरेको छ | बिपिन विशालले पनि उसलाई कदर गर्दछ | राति अबेर सम्म यस्तै अनेकन घरायसी कुरा गर्दै सुत्यौ |
२००९
