गाँजालाई अंग्रेजीमा marijuana, hemp र cannabis भनिन्छ भने यसको बोटानिकल नाम   Cannabis sativa हो । The plant contains the mind-altering chemical delta-9-tetrahydrocannabinol (THC)

वैज्ञानिक रिपोर्टहरूमा प्रकाशित प्रतिवेदनले 10 लागूपदार्थको सामान्य, मनोरञ्जनात्मक प्रयोगबाट हुने मृत्युको सम्भावनालाई तुलना गरेको छ: गाँजा, रक्सी, तंबाकू, हेरोइन, कोकेन, एक्स्टेसी, मेथाम्फेटामाइन, डायजेपाम, एम्फेटामाइन र मेथाडोन। मदिरा र चुरोटको तुलनामा पनि गाँजा सबैभन्दा सुरक्षित मानिएको थियो।

अमेरिकाको २३ वटा स्टेटमा गाँजालाई मेडिसिनको रुपमा प्रयोग गर्न अनुमति पाइसकेको छ । 

नेपालमा कुनै वेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, नवप्रसूतालाई पुनर्स्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा पाइन्छ ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो वेला गाँजाकै प्रयोग गरिन्थ्यो तर पछि गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो।

नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिन्छ । नेपाली समाजमा बहुगुणी गाँजा विभिन्न स्वरुपमा प्रयोग हुँदै आएको पाइन्छ । यौन जीवनको सुधारका लागि अब बिस्कुट, कुकिज, क्यान्डी, अचार, चिया, जुस आदिमा पनि गाँजा मिसाएर प्रयोगमा ल्याउन सकिन्छ।

गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीर मसाज गर्न पनि सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।

यसमा व्यापक औषधीय गुणहरू हुँदाहुँदै पनि यसलाई नशालु पदार्थ वा लागूपदार्थको रूपमा मात्र बुझिएको छ । यो बुझाइ नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वास विरुद्ध पनि हो।

शुक्रको स्तम्भन र गर्भाशयको तीव्र सङ्कुचनले क्रीडाका बेला यौनसाथीहरूको मस्तिष्कमा ‘डोपामाइन इफेक्ट’ ल्याउँछ । जसबाट सहवासीहरू भावनात्मक रूपमा घनिष्ठ बन्छन् । मनमा शान्ति मिल्छ । फलतः हिंसात्मक मनोवृत्ति आउन पाउँदैन।

औषधीय फाइदा 

१. डिप्रेसन  २. अरुचि ३. मसल क्राम्प ४. अन्धता ५. वातको दुखाइमा ६. दमको लागि ७. कोदिको लागि ८. मोटोपनको लागि ९. अर्गान रिजेक्संको बचावको लागी १०. छारे रोगको लागि ११. पिसाप नलीको इन्फेक्सनको लागि  १२. hiv/aids 

साइड इफेक्ट 

१. गर्भवती महिला २. ब्रेस्ट फिडिंग गराउने महिला ३. इम्युन पावर कम हुने व्यक्ति

 ४. सर्जरी गरिएको बिमारी यो सेवन गर्दा खतरा हुन्छ ।

अत्यधिक सेवन गर्दा फाइदा भन्दा नोक्सान हुन्छ र मानिस मर्न सक्छ ।

५. धेरै जसो एलोपेथि औषधि संग रियाक्सन हुने हुनाले डाक्टरको सल्लग लिएर मात्रै प्रयोग गर्न सकिन्छ ।