फर्सी (pumkin),

फर्सी प्राय: तरकारीको रुपमा खाइन्छ । फर्सी मा धेरै पौष्टिक तत्व रहेको हुन्छ । कसैलाई मन पर्छ पनि कसैलाई यो मन पर्दैन । फर्सीको जुस पनी बनाएर खान सकिन्छ । फर्सीसंग गाजर टमाटर, बिट्स समेत मिसाएर जुस बनाउन सकिन्छ । यसले स्वाद फरक पार्दछ । अमेरिका तिर pumpkin pie भन्ने ब्रेड बनाएर खाइन्छ । हाम्रो नेपालमा त फर्सीको मुन्टाको तरकारी प्राय भान्सामा पाक्ने गर्छ । यो झन् स्वादिष्ट सागको तरकारी बन्छ । फर्सीको फल तरकारी, साग तरकारी, जुस, तथा फर्सीको बिया समेत हाम्रो सरिरलाई बहुतै लाभदायी छ । अमेरिकामा हलोइङ्ग डे को दिन हरेक घरमा फर्सी डेकोरेसन लागी राखेको पाइन्छ । र थ्याङ्क गिभिंगको दिन पम्पिन पाई ब्रेड खानामा एउटा मुख्य आइटम हुने गर्छ । यसको बोटानिकल नाम cucurbita pepo भन्दछन । हिन्दीमा फर्सिलाई कद्दु भन्ने गर्दछन । फर्सीमा दाना seed खाँदा मुत्र थैली र प्रोस्टेस्ट बढेको वा सुन्निएको रोगलाइ फाइदा पुर्याउछ जसलाई benign prostatic hyperplasia (BPH)। किन भने यसको दानामा पाइने केमिकलले पिसाप फेर्न सजिलो हुन्छ । यो आयुर्वेदिक घरेलु औषधिको रुपमा खाइन्छ ।

*प्रसस्त भिटामिन ए, सी को साथै महत्पूर्ण मिनरल फसीमा पाइञ्छ ।

*भिटामिन ए पाइने हुनाले आँखाको ज्योति बढाउँ मदत गर्छ ।

*पोटासियम, फाइवर , भिटामिन सी , एन्टी अक्सिदेंट भएकोले मुटुको रोग लाग्न बाट बचाउछ ।

*भिटामिन ए , सी आइरन र एन्टी अक्सिदेंट तत्व भएकोले इम्युन पावर बढाउन मद्दत गर्दछ ।

*“Carotenoids फर्सी, गाजर, टमाटर जस्ता तरकारीमा पाइने हुँदा फर्सी खाँदा कुनै कुनै क्यान्सर रोग समेत लाग्न दिदैन ।

*फर्सीमा धेरै फाइवर हुने हुनाले यसको जुस खादा भोक कम लाग्छ, सरिरको तौल कम गर्न मद्दत गर्दछ ।

*फर्सीको बिया अथवा सिड खाएमा क्यान्सर हुने खतरा कम हुने, प्रोस्टेट र ब्लाडलाइ स्वास्थ्य बनाउन मद्दत गर्दछ ।

 

सावधानी :दिनमा एक गिलास भन्दा बढी जुस खाएमा डायरिया हुन् सक्छ । कसैलाई एलेर्जी पनि हुन् सक्छ ।