२३. धमासा 👍 धमासालाइ धमासो, दुरलभा,धन्वयास, गान्धारी, कच्छुरा, दुस्पर्शी र अनन्ता पनि भन्दछन । यसलाई अंग्रेजीमा khorsan thorn भन्दछन भने यसको साइन्टिफ़िक नाम fagonia cretica हो । यो जरीबूटी प्राय मरुभूमि भएको ठाउ पाकिस्तान, अफगानिस्थानमा प्रसस्त पाइन्छ । . धमासा यसको सबै भाग अर्थात पंचाग्न नै उपयोगी हुन्छ । सेवन मात्र : चुर्ण ५ ग्राम , वा क्वाथ २० मिलि , जराको बोक्रा मात्र १ ग्राम आयुर्वेदीय औषधीय गुण : रस-कसाय तिक्त, गुण-लाखु स्निग्ध , विर्य- शित, बिपाक – कटु , दोष कर्म – पित्त काफ हर फाइदा : १. महिलाको पाठेघर सम्बन्धि PCOS, fibroids रोगलाई फाइदा पुर्याउदछ । २. यसले रगतलाई कलट गर्न दिदैं र रगत सफा गर्दछ । रगत सफा भएपछी छाला सम्बधी रोगलाइ फाइदा गर्दछ । फोडा फुन्सीको लागि पनि लाभ दायक छ । ३. यसमा एन्टी inflammation र anti- oxidant तत्व भएकोले सबै किसिमका क्यान्सर सेल बृध्दि हुन् रोक्छ । , हेपाटाइटीस र कलेजोको रोगको लागि फाइदा गर्दछ । यस समयमा अल्कोहल र अन्य स्ट्रोंग औषधि खान हुदैन । ४. स्वास रोगमा लाभकारी हुन्छ। धमासाको पंचाग्नको धुलोलाई ध्रुम्रपान गर्नुले फाइदा गर्दछ तर यो क्षणिक गर्नु पर्दछ । ५. यो प्लान्ट एन्टी एलर्जीको काम गर्दछ र मेन्टल हेल्थलाइ बूस्ट गर्दछ । यो चियाको रुपमा पिउदा मूड फ्रेस गराउन मद्दत गर्दछ । साइड इफेक्ट : यो जरिबूटी औषधिको रुपमा खाँदा आफ्नो डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नु होला । यो औषधि सिमित समयको लागि लिनु पर्दछ । बिशेष गरेर गर्भवती महिला, एलोपेथि औषधि खाइ रहनु भएको बिमारीले नखानु होला ।