प्याज खानु होस् ! प्याज खानाले सरिरको लागी फाइदै फाइदा हुन्छ !

Benefits of onions. It Could increase immune power buster.

प्याज onion प्याज हाम्रो भान्सामा अनिवार्य रुपमा प्रयोग हुने तरकारी पनि हो मसला पनि हो । प्याज बिनाको भान्सा स्वादिलो किन हुन्थ्यो र ! प्याज बिशेष गरेर मसलाको रुपमा, र सलादको रुपमा खान सकिन्छ । प्याजमा औषधीय गुण पनि छ । जसको प्रयोगले वा खानाले बिबिध रोगलाइ समन गर्न मद्दत गर्दछ ।

Kingdom: plantae

Class:Asparagales

Family : amaryllidaceae

Species: Allium cepa (onion)

Source: wikipedia

फाइदा :

भिटामिन, खनिज (minerals) र फाइबर प्रचुर मात्रामा पाइन्छ । भिटामिन सी , क्याल्सियम, प्रोटिन पाइन्छ । Anti-inflammatory, anti- bacterial, Immune system, Digestion, Bone density,

१. काचै ब्याज खानाले क्यान्सर हुन् बाट जोगाउछ । quercetin क्येसर्टिन भन्ने तत्व पाइन्छ । जसले गर्दा क्यान्सरको सेल बन्न दिदैन ।

२. प्याजले मुटुको रोग र हार्ट अट्याक हुन बचाउछ । प्याजमा अर्गानिक सल्फर हुन्छ, प्याजको कडा गन्ध र स्वादले कोलस्ट्रोल लेबल कम गर्न मद्दत गर्दछ ।

३. रगतमा सुगर मात्रामा कन्त्रोल गर्न मद्दत गर्छ । किन भने quercetin क्येसर्टिन र sulfur सल्फरले इन्सुलिन उत्पादन गर्न मद्दत गर्दछ ।

४. सधै प्याज खाने मानिसलाई Alzheimer’s रोग हुने संभावना कम हुन्छ । किन भने प्याजमा flavonoid तत्व छ ।

५. प्याजले पुरुषमा हुने यौन दुर्बलता हटाउन मद्दत गर्दछः किनभने पुरुषको testosterone लेबल यसले बढाउछ ।

६. प्याजको रस वा प्याजको तेल कपालमा लगाउनाले कपाल नझर्ने र बढ़नमा मद्दत गर्दछ ।प्याजको तेल

७. प्याजको जुस, जिरा र महको सर्बत मिलाएर खाएमा गर्मीको लू लागेको बेला अचुक औषधि हुनेछ ।

साइड इफेक्ट :

यदि तपाइलाइ प्याजको एलेर्जी छ भने, छाला चिलाउछ, आँखा रातो हुने , जिउ चिलाइने, मुखबाट अमिलो पानि आउने हुन् सक्छ । प्याजले पुरुषको testosterone लेबल यसले बढाउने हुँदा। कामेच्छा जागृत गराउने हुनाले भक्ति योगमा लाग्ने सन्त धार्मिक अनुयायी लाइ बर्जित गरेको पाइञ्छ ।