कबिता- यमराज बन्दै छ कोरोना !
बगैचामा फुलहरु उस्तै फुलेका छन
जिबजन्तु निस्फिक्री भइ चरेका छन
चराहरु मस्त भै गगनमा उडेका छन
खुलेर निलो आकाश, स्वच्छ छ पवन
त्रास छैन सब प्राणीमा आजाद उनीहरु
त्रास सन्त्रास छ बन्दि बनेको छ मान्छेहरु
कहिल्यै न सुनेको, न कहिल्यै देखेको
आफैले आफैलाई किन बन्दि बनाएको ?
आफ्नो औकात मान्छेले बिर्सेको छ यहाँ
प्रकृतिको सन्तुलन बिगार्न उद्दत छ यहाँ
इश्वरको लागी सबै प्राणी एकै हुन नी यहाँ
खान्छ काँचै, पोलेर, पेलेर, काटेर नी जहाँ
बोल्न सक्दैन उसले बुझ्दैन भाषा उस्को
काट्छ बाधेर मान्छेले बुझ्दैन रोदन उस्को
जलचर मार्छ समुन्द्रमा सुन्दैन बिन्ति उस्को
जालमा पारेर,भोज मोज गर्छ मान्छे उसको
फोहरको डुंगुर दिन्छन नदिनाला समुन्द्रलाइ
ठुला कुरा गर्छन मान्छे बचाउ पर्यावरणलाइ
हरियाली मासेर कंक्रिट जंगल बनाउदै छन्
अक्सिजन सिलिन्डरमा बेचेर धन कमाउछन
मान्छे मान्छे बीच लडाएर मिसायल बेच्दछन
गोली र हातहतियारको ब्यापार खोलेका छन्
मान्छे मान्छेमा बिभाजन गरि युध्द निम्त्याछन
कारक मान्छे हो आफ्नै बिनास आफैले गर्छन
भाइरस असाध्य इमान्दार छ मान्छे भन्दा यहाँ
भेदभाव गर्दैन यो कसैलाई मान्छेले जस्तो यहाँ
कोरोना भाइरस भन्दा बिषालु भाइरस हो मान्छे
कठघरामा उभ्याएकोछ उस्ले बनेको छ भान्से
मान्छेले मान्छे देखेर डराउछ, रित्तो हात भए पनि
बन्दुक बोकेर के गर्नु डराउछ रित्तो मान्छेसंग पनि
डराएर भाग्दछ लुरे मान्छेसंग उ बलियो भएर पनि
नतमस्तक छ कोरोनासंग देश पावरफुल भए पनि
०४/१५//२०२०