भाइरसको महामारीबाट बचौ सबै हई
एक आपसमा टाढा भै, हात गोडा धोई
घरमा ताला लगाउ बसौ योग ध्यान गरि
समयले कोल्टो फेर्छ बस्नु पर्छ धर्य गरि
पाहुना जान हुन्न, आउन दिन हुन्न पनी
संकटमा नाना थरि पकाई खान हुन्न पनी
मृत्युको कहर बनेको बेलामा कसैले पनि
फोटो FB मा राख्न हुन्न उत्सव मनाको पनी
घमण्ड झारेको छ मै हु भन्ने देशको पनी
परेशान बैज्ञानिक र डाक्टर देशको पनि
यो दुनियामा न त औषधि छ न कुनै खोप
मान्छेले बनाको हो कि ? प्रकृतिको प्रकोप !
भर कत्ति छैन मान्छेको, कसले फैलायो रोग
मान्छे आफैले बनाएर जेल झेलेको छ भोक
नयाँ बर्षको के शुभकामना साथी तिम्लाई दिउँ
अनिकालमा बिउ जोगाउ महामारीमा जिउ !
०४/१४/२०२०