छ्या किन गन्हाउदै छौ !!!
छ्या किन गन्हाउदै छौ यति सारो तिमि ओली
काम जति सबै उल्टो के पत्याउनु तिम्रो बोली
राम्रा काम बिग्रेका छन् सुध्रिने सुधार्ने कस्ले हो
शिष्ट बन्ने अनुशासित कानुन बनाको कल्ले हो
भष्ट्राचार गर्दिन, भष्ट्राचारी सहन्न भन्ने नारा दिने
ठुलो पोको कुम्ल्याउने लाइ चाटी काखा राख्ने
बिष्णु अनी गोकुललाइ तिम्ले चोख्याउन हिडने
जन्मदिनमा नेपालको नक्सा बनाइ केक काटने
काण्ड माथी काण्ड थप्दै जोरी खोज्दै जनतासंग
करोडौको सेटिंग गर्न पछि नपर्ने दलाली गर्ने संग
करोडौ खर्च जन्मदिनको कतै जन्ता भोकै मर्छन
उन्को कुरा के गर्नु जन्ता सिटामोल नपाएरै मर्छन
संसार कोरोना भाइरस चपेटामा आतंकित भाछ
एयरपोर्टमा दंग पर्दै विदेशीलाई स्वाट्ठ छिर्न द्य़ाछ
न चेक न त जांच मान्छेसँग कोरोना छिरे के होला ?
भाइरस पनि तिनलाई छोडी पक्षपाती हुन्छ होला ?
बल्ल बल्ल ल्याको एक मुष्ठ नेपालको सरकार
हारेका हुल्ने संबिधान फेर्ने कस्तो आयो बिचार
ठेकेदार जती नेता कामकाज सुन्य बजेट स्वाहा
जती कुरा गरे पनी सम्बृधी बिकाश भाछ स्वाहा
सादा जिबन उच्च बिचार भन्दै हिडे जस्तो लाग्छ
आज तिम्ले महाराजालाई नी उछिने जस्तो लाग्छ
हिजो सम्म लाग्थ्यो तिमि हौ देशको खाटी हिरा
यति चाडो किन बिग्री भाका छौ धमिरोको किरा
उहिले भूमिगतपालामा जनताका घर घरमा बस्थे
जनताकै सुख सम्ब्रिधि लाइ भनी मर्न कम्मर कस्थे
मुलुक स्वर्ग बनाएर जनताको दु: ख पनी हर्ने भन्थे
सबै कुरा बिर्सी चिन्दैनन ऎले कस्ले उन्लाई बनाएथे
छ्या किन गन्हाउदै छौ यति सारो तिमि ओली
काम जति सबै उल्टो के पत्याउनु तिम्रो बोली
जय देश !!!
देशको कल्याण होस् !!!
०२/२७/२०२०