जे जस्तो आफ्नो छ त्यहि बासस्थानमा बस्न सक्नु पर्छ
सन्तती भए पनी सम्पत्ति आफै संगै राख्न सक्नु पर्छ
सन्तान सज्जन भए पनि अबस्था फेरिन सक्छ उन्को
चाहेर पनी गर्न नसक्ने परिस्थिति बन्न सक्छ उन्को
प्राथमिकता फेरिन सक्छ, आर्थिक स्थिति फेरिन् सक्छ
उन्को आबस्याकता फेरिनुको साथै बिचार फेरिन् सक्छ
उन्को जिन्दगीमा दखल अन्दाज नदिएइ बस्न सक्नु पर्छ
सन्ततिले सेवा गर्नेछन पछी भनेर नसोची बस्न सक्नु पर्छ
ति मित्र हुन जस्ले तपाइको खुशी, स्वास्थ्य देख्न चाहन्छ
सामेल गर्नु होस् उनीहरुलाइ जसले भलो देख्न चाहन्छ
नगर्नुस तुलना कसैसंग न राख्नुस आशा कसैसंग
मात्रै प्रार्थना गर्नुस ईश्वर संग न माग्नुस कसैसंग
माग्नै छ भने तपाइले इश्वरसंग आफ्नो हिम्मत माग्नुस
माग्ने छ भने इश्वर संग तनाब नहोस भनी माग्नुस
जिबनमा न केही स्थायी हुन्छ न त कोइ अमर नै हुन्छ
दुख, कष्ट, र चिन्ता पनि स्थायी होइन यो नै सत्य हुन्छ
आफ्नो स्वास्थ्यको ख्याल आफैले राख्न सकेको नै राम्रो
गच्छे अनुसारको पौष्टिक खाना सर सफाई गरेको राम्रो
ससाना आफ्ना काम काज आफैले गर्न सकेको राम्रो
प्रसन्नता खुशीसाथ बाच्न अरुलाई प्रसन्न गराउनु राम्रो
आफ्ना दायित्व अवकाश नहुदै पुरा गर्नु पर्छ सबैले
जिम्मेबारी लिनुपर्छ सन्तानको, दोष लगादैन कसैले
सुन्नु होस कुरा सबैको जवाफ स्वतन्त्रले दिनुपर्छ
याद राखौ सबैले एक दिन संसार छोडेर जानुपर्छ
भन्छन पचिस गयो पढाइमा पचिस गयो कमाइमा
कमाइ गयो दबाइमा, बेला कुबेला पुगिन्छ घाटमा
बिहानै उठी, योग ध्यान तन मन शुध्दी गर्नु पर्दछ
आफैले आफ्नो स्वास्थको स्वयं ख्याल राख्नु पर्दछ
जीन्दगी सन्ततीकै लागि भनि मरीहत्ते गरिराछौ हाम्ले
शुरु भएन भने आफ्नै लागी बाच्न पछुताउने छौ हाम्ले
बाचौ प्रसंन्नताले खुशीसाथ, मनाऔ जिन्दगीको आनन्द
खुशी र स्वास्थ जिबन बाचौ रिटायर्ड भएर परमानन्द
०२/०५ /२०२०