उहिलेका कमनिष्टले धनीलाई लुटथे
उहिलेका कमनिष्टले फटालाइ कुटथे
मजदुर किसानका हकहित कुरा गर्थे

अहिलेका कमनिष्टले गरिबलाई लुटछन
भ्रष्ट्राचारीसंग साँठगाठ गरि कमाउछन
मिल मालिकले कृषकको पैसा देछैनन
चिसो काठमांडूमा कृषक बेहाल भाछन

उनका नेता मन्त्रिक्वाटर तातिएर बस्याछन
एउटा नेता दलाल पुंजीपति हावी भयो भन्थे
बिचौलियाले बर्बाद बनेको छ भन्थे उनि
कृषि मन्त्री भएपछी कता हराए कुन्नि ?

केहि गर्न नसकेपनि
किसानसंग उभिन सकिन्थ्यो
उनलाई साथ दिन सकिन्थ्यो
मिलमालिकले चिनी बेचेर खायो
अर्को व्यापारमा लगायो !
समाधान सजिलो छ
उखु किसानलाइ पैसा तिरेन ।
उधोग सिल गर्नुस,
मालिकलाई समात्नुस
किसानको पैसा सरकारले दिनुस
मिल मालिकसंग असुल् गर्नुस ।

यती जाबो गर्ने हिम्मत छैन भने
के जनताको सरकार !
के दुइ तिहाइको सरकार !
अझै समिति र आयोग गराएर
किसानलाई अल्मल्याउन खोजेको हो ?
वा ! किसान मजदुरको सरकार !

किसान चिसोले काठमान्डौमा मर्लान
उनका लाला बालाको सराप लाग्छन
होस् गर्नुस कृषि मन्त्रीजी !!
उधोग मन्त्रीले मानेन
उधोग मालिक भेटिएन
प्रधानमन्त्रीले सुनेन ।
भनेर सुख नपाइन सक्छ ?

हुन् त तपाइँ ठुलो मान्छे !
पदमा पुगेको मान्छे
फेरी आफ्नै गाउ ठाम आउदा
अरुको जस्तै रंग फेरिएर आउने होला ?

०१/०३/२०२०

Leave a Reply