आजकल के भइ रहेछ
रातीभरि म जागा हुन्छु
घरलाइ जेल जस्तै लाग्छ
दिउस जागेर निदाउछु ।
रुखसंग कुरा गर्न मन लाग्छ
उ मसंग बोलिरहन्छ , सुन्छु
फूलसंग प्रेम गर्न मन लाग्छ
उसले मलाइ मुस्कान फ़र्काउछे
मुस्काएरै जवाफ दिन्छु,
खिलखिलाएरै हास्छे उ
चरा संग संगै उडान भर्ने मन हुन्छ
बादल माथि माथि कुदने मन हुन्छ
एक टकले चन्द्रमा हेरिरहंछु
उ हास्छे चादनी छर्केर,
उसै संग नाच्न थाल्छु, संगीत भरेर
मानौ स्वर्गबाट जादुगर्नी अप्सरा
मलाइ नचाउन मेरा हात थामेर
नचाइरहेकि छे ।
आगोको गोलमा फुल फुलेको देख्छु
फूलहरुमा अप्सरा नाचेको देख्छु
कहिले पानि भएर बगे जस्तो लाग्छ
कहिले जमेर बरफ बन्छु
कहिले तातिएर बाफ
कहिले संग्लो, कहिले धमिलो !
सपना बास्तबिकता हुन्छ भने
बिपना पनि सपना भैदिन्छ ।
समुन्द्रका छालमा संगीत सुन्छु
छालसंगै समुन्द्रमा बिलाउन खोज्छु
थचक्क गुडुल्किएर बसेको छु
संच भएको हो कि बिसन्च हो
छुट्याउन खोजी रहेछु अचेल
चुप्प बसे पनी केहि बोले पनी
के भयो भनि प्रश्न तेर्सिन्छ ऎले
हुदैनथ्यो यस्तो कहिल्यै नी पैले
फोकटका विचारका तन्द्राहरु
निदाउन कोशिश गरिरहे पनि
मष्तिष्कका तार चलिरह्न्छन
निरन्तर जबसम्म सुर्य किरणले
बिहानी ल्याउदैन यस धर्तीमा
उल्लास ल्याउ थ्यो बिहानीले

न त काम लाग्ने हुन् मेरै लागि
न त समाज न त देशका लागी
सढे गलेका यी निरिह सोचाइले
टाउको दुखाइ छेउ न पुच्छरले
शब्दलाई देख्ने, दृश्यलाई सुन्ने
कागजलाई धन, रुपियालाइ कागज
मानेर देख्छु ।
कान र आँखा साटिएछन् कि ?
ढुंगामा कोमलता खोज्छु
नरममा कठोर पाउछु ।
जेजे तिमीले भन्छौ,
ठिक ठिक उल्टो बुझ्छु ।
सायद तिमीले दिमागबाट बोल्छौ,
म त दिलले जे भन्छ
त्यही बकिदिन्छु ।
फरक त्यति हो तिमि र ममा
मेरा लागि त यो पृथ्वी गोल छ
जहाँ गयो त्यहि मेरो घर हो ।
जहाँ उभिन्छु, त्यहि मेरो माटो !
टाउको माथिको आकाश मेरो छानो हो ।
सायद यस धर्तीमा तिमीसंग मेल खादैन होला
जब तिमीसंग आकासमा भेटने छु,
तिमीले बुझ्ने छौ,
म पागल थिए, या अरु को नै ?

टेक्सास

११/१५/२०१९

Leave a Reply