जब दाशहरुले मुक्ति पाउछन
त्यो दाशले मालीकको नकल गर्दै
उस्ले सानालाइ दाश बनाउन
खोज्छ र हेप्न कोशिश गर्छ /

भारत त्यस्तै ब्रिटिशको दाश हो /
अझै पनी दाश नै हो,
उस्को मानसिकता दाशत्वबाट
उठन सकेन र सक्दैन पनी ।

नेपाल अभिजात्य अपराजीता स्वतन्त्र राज्य हो ।
नेपाल कहिल्यै पराधीन भएन,
हुदा पनी हुदैन
दुनियाँलाइ थाहा छ,
प्रत्येक नेपालीलाई थाहा छ

नेपाली र नेपाल कसैको दाश बनेन
बन्दा पनी बन्दैन न भूतो न भविष्य !
नेपाली जनता शक्तिशाली छन्
गोर्खाली हुन, भारतलाई रक्षा गरेका
गोर्खालीले भारतलाई बिनाश गर्न पनि सक्छन ?

नेपालीको बिरतामा कुनै शंका छैन
तर
भारत कमिना मात्रै हैन, दुष्ट पनी छ !
मित्रो रोटि बेटीको सम्बन्ध भन्दै
पशुपतीमा जल चढाउछ ।
सबै नदि नाला थुनेर उतै लान्छ ।
पछाडीबाट छुरा घोप्छ र घोप्न तयार हुन्छ ।

छोरा छोरी पढाउने छात्रवृतिका लागी
चन्द पैसाकोलागि
इमान बेचेका केहि नेता, केहि बरिष्ट कर्मचारीले
देशमा हाली मुहाली चलाईरहेसम्म
इमान बेचेका बिभिषणहरु रहेसम्म

सिमानाहरु मिचिने छन,
नेपालीहरु थिचिने छन
सिमानामा जन्ता ढल्ने छन
उसका गोलीले
हाम्रै भेषका उसका छौडा रहेसम्म
चुइक्क बोल्ने छैनन उस्का विरुध्दमा

भारत दुष्ट मात्रै हैन कमिना पनी छ
नेपाली बहादुर भए पनी सोझा छन
त्यसैले
सतर्क बनौ, सकुनीले पासा लिएर
फेरी छल्न सक्छ ?
फेरी लोभमा पार्न सक्छ ?
बेचिनेहरुलाई चिनौ,
उस्का मतिहारालाइ चिनौ

मिचेका हाम्रा भूभागलाई फिर्ता लिइ
पर्खाल ठडाएर जोगाउ एकत्रित भइ

जय मातृभुमी नेपाल !!!

११/०९ /२०१९

Leave a Reply