नझारेर आँशु संभालेर राख है
के थाहा चाहिने बेलामा सक्किने हो कि ?
यो मायालाइ समालेर राख है
के थाहा यो पोखिएर सक्किने हो कि ?

जसलाई आफ्नो भनेर बाचेकी छौ
के थाहा सबै भन्दा बैगुनी हुने हो कि ?
पाकेको फल स्याहार्न नपाउदै
खरेडी परेर सुकाउने पो हो कि ?

यो जिन्दगिको भरोसा के छ र
के थाहा अकाल मै तुषारापात हुने हो कि ?
कठोर बचनले मुटु आघात पारेपछि
मिठो कुराले फेरी असर न पार्ने हो कि ?

ससाना खुशीलाइ छोडेर दिन दिनै
फर्खेर फेरी कहिल्यै न आउने हो कि ?
रोगले च्यापेर जिन्दगीका सुख सयल
सुबिधालाइ भोग्ने न पाउने हो कि ?

जे छ त्यो सम्पन्नता हो उपभोग गरे हुन्छ
साचेर राख्दा सुमर्न नपाउने हो कि ?
न छोड खुशी हुन ससाना कुरामा पनि
त्यो समयले फेरी न दिने पो हो कि ?

१०/१८/२०१९

Leave a Reply