मानवको अस्तित्व वा हाम्रो जीवन माटोसंग छ
प्रत्येक प्राणी होस वा वृक्षको नाता माटोसंग छ

माटोको नाता धर्तिसंग, धर्तिको नाता पृथ्वीसंग
प्राणी र बनस्पतीले सास फेर्नु पर्छ पर्यावरणसंग

प्रकृतीको जथाभावी दोहनले, थलिएको छ धर्ति
कहिले भू कम्पज्वरो, कहिले भूखलनमा छ धर्ति

कमजोर भएको छ यो पृथ्वी जोखिममा परेको छ
संगसंगै मानव जीवजन्तु जगत संकटमा परेको छ

सर्बाधिक उर्जा प्रयोगले, बिकासका कारखानाले
प्राणवायु दुषित हुन्छ भन्ने कुराअझै बुझेनौ हामीले

घर सफा भएर पनी, पानी फिल्टरको पिएर पनी
बाध्य भएर फेर्दै छौ सास, हावा दुषित भए पनी

ठुला देशका ठुलै कुरा, फ़ोहर्याउ छन पर्यावरण
थोपर्छन दोष साना देशलाई बिगार्यौ रे बातावरण

प्रदुषण बढेको बढै छ,बुझ्ने थोरै,धेरै छन नबुझ्ने
समाधान सजिलो छ राजनीतिले कहिले नसुझने

सबै मिलेर बनाउनु पर्छ, पृथ्वीलाइ एक राज्य
सबै देशलाई मिलाएर नै बनाउनु पर्छ गणराज्य

न चाहिन्छ सैनिक बोडरमा न गोली बारूद गोला
खरबौ रकम बचाउन सकिन्छ, भलो सबैको होला

गरिबी मेटिन्थ्यो संसारमा, यति ठुलो रकम खर्च गरे
सबै कुरा बिग्रिएको छ यहाँ, शासकले मति भ्रष्ट गरे

पृथ्वी हाम्रो घर हो माटो हो सम्पूर्ण प्राणि जगतको
यो देश, त्यो देशको भनि किन भेद गर्छौ जगतको

मान्छेलाई किन बनाइदै छ अबैध संसारका देशले
मान्छे कसरी बन्छ अबैध किन बोल्दैन यस लोकले

यदि बचाउने हो भने ब्रमान्डमा यो भू मण्डललाई
नियम कडा गरेर लानु पर्छ “सेभ द प्लानेट“लाइ

प्रकृतिलाइ मिच्दै गए, हुन्छ दुर्घटना यो जगतमा
निर्जीव बन्ने छ अरु ग्रह जस्तै यो पृथ्वी ब्रमान्डमा

हजार माइल घुम्छ यो पृथ्वी प्रतिघन्टा आफैले
क्षणभर रोकिए के होला ? जानेको होला कसैले ?

गर्छ सुर्य परिक्रमा तिस किलोमिटर प्रति सेकेन्डले
नगरौ यसलाई छेडखानी,बिराउन नि सक्छ गतिले

हिउँ पग्लेर हिमशिखर काला पहाड बन्दै छन यहाँ
पृथ्वी तातेर ग्लोबल वार्मिङ्ग भएको भन्दै छन यहा

तातेर दश डिग्री बढेर गए के हुन्छ ? यो हाम्रो धर्तिमा
सुक्ने छ रुख बिरुवा, खोला सुकेर फेर्ने छ रुप बगरमा

समुन्द्र सुकेर जीव मर्ने छन् फ़त्फ़ति तातेको पानीमा
जताततै कोलाहल मच्चिने छ, प्राणीको जिन्दगानीमा

भएको छोरो मारी पूर्णिमा ब्रत भने जस्तै बैज्ञानिकहरु
खोज्दै छन उनी मानव अस्तित्व बचाउन अन्य ग्रहहरु

के गर्दा पृथ्वीको बच्छ भन्ने कुरा,बिध्दानले भनेका छन
युध्द पिपासु शासक सैतान भएपछी कहाँ मानेका छन ।

१०/१६/२०१९

Leave a Reply