बिनासित्ती बितेर गयो यो साल पनि
क्यालेण्डरका पानाहरुजस्तै
पल्टिदै गए जिन्दगीका पानाहरु
दिशाहीन मानसिकता
कहिले जन्म कुण्डलीमा
कहिले हस्तरेखाका विश्लेषणमा
त्यसे बितेर गयो समय
फगत आशा र भरोशामा
यसैगरि कयौं साल बिते
अव आउने प्रत्येक नयाँ बर्षले
साथ दिने छ भन्ने भ्रममा
प्रत्येक वर्ष
नया क्यालेन्डर फेर्ने काम मात्रै भयो
समयसँग गुनासो मात्रै रह्यो
विना लक्ष्य र गन्तव्य
के गर्न सक्थ्यो र समयले
उमेरमा बुढो बनाउने बाहेक
केही गर्नै सकेन
यो वर्ष पनि यत्तिकै गयो
पखेटा हालेर फटफटायो समय
वेतुकका घोषणा मात्रै सुनायो राजनीतिले
अध्यागमनमा लाम लाग्न छोडेनन्
देशका जनशक्ति
यो साल पनि
कफिनभित्र मृत देश पठाइरह्यो खाडीले
चित्कार रोकिएन चेलीको कोठीहरुमा
लुटियो देशको सौभाग्य
भ्रष्टाचार उग्राउँदै राजनीतिले
चपाइरह्यो देशको भविष्य
जो आए पनि देशमा
आउने छैन
सुदूर गाउँको धारामा पानी
हट्ने छैन यो साल पनि लोडसेडिङ
सिटामोलको अभावमा
मरिरहनेछन् दुर्गम वस्ती
घाटामा जानेछने उद्योग धन्दा
मौलाउने छ बेरोजगारी
रोकिने छैन यो साल पनि
बन्द हड्ताल
गन्तब्य र लक्ष्य बिनाका
मनोरोगीहरु शासक रहँदासम्म
जनताको जीबनमा
हुन सक्दैन कुनै परिवर्तन
भाषण र आश्वासनले भरिने छैन खाली पेट
यो सालमा पनि रोल्पा रुकुममा
खाद्यान्न त परै जाओस
पुग्ने छैन जीवनजल र सिटामोल
कामना गरौं यो नयाँ वर्षमा
अँध्यारा झुपडीमा घाम लागोस्
घरवारविहीनले छानो पाओस्
भोको पेटलाई भोजन मिलोस्
नाङ्गो तनले जडाउरी पाओस्
सुख शान्ति समृद्धि छाओस्
विरामीलाई ओखती मिलोस्
नेपाली स्वाभिमान कतै नझुकोस्
राष्ट्रियता कतै नचुकोस्
देशको शिर उँचो रहोस्
०४।१३।२०१५
( यो कविता पहिलाको भएपनी सान्दर्भिकता यथावत नै छ त्यसैले पुन:प्रकाशित गरिएको छ।)