हे सत्यदेवी माइ

मलाइ छोरो जन्मियोस !

फलानो मरिजाओस !

मलाइ सम्पत्ति आओस !

मेरो नोकरी लागोस !

मेरो छोरीको बिहे

राम्रो केटोसँग होओस !

मेरो सौता मरोस !

उसलाई बिघ्न परोस !

मेरो छोरो जाचमा पास होस् ।

फलानोलाइ नराम्रो रोग लागोस !

तपाइलाइ आउने साल

बोको चढाउने छु ।

सबैले मरिन्जेल चिच्याएर

बर माग्नु पर्छ रे !

सत्यदेबी बहिरी छन् रे !

एउटै वर् मागे पाइञ्छ रे !

जंगल यस्तै यस्तै

आवाजले गुन्जमान हुन्छ ।

 

रातभरिको जागाराम !

जंगलभरि अँध्यारो,

कतैकतै रोदी घन्काएका छन्

कतै ठिटाठिटी रंगेलीमा छन् ।

सत्यदेबिको जंगलमा !

देवीको मौलोमा बली

चढ़ाका छन् बोकाको

रक्ताम्ने भिजेको छ

परपरसम्म जमिन

मासुको छेलोखेलो

रक्सीको छेलो खेलो

त्यहि मित्रता हुन्छ

त्यहि दुश्मनी हुन्छ

मारामार हुन्छ ।

 

कोइ हरेस खाएका मान्छेहरु

भाकल गर्न आएका मान्छेहरु

भाकल पुरा भएका मान्छेहरु

रम्म खोजेर आएका मान्छेहरु

अन्धारोमा बिश्वास खोज्ने मान्छेहरु

केहि कागताली मिले होला ?

केहि गरेको कोशिसले होला

केहीका मनिकान्क्षा पुरा भए

कसैका पुरा भएनन् ।

फेरी पनि भाकल

गर्नेको कमि छैन

आफ्नो भविष्य खोज्न

आउनेको कमि छैन

सत्यदेवी ! खै  तिमीले

कसरि

कर्म नगर्नेको मांग पुरा गर्छेउ ?

 

भन्देउ देवी !, राम्रो कर्म गर,

राम्रो फलको हकदार हुन्छौ ।

नराम्रो कर्म गरेर राम्रो फल

कदाचित मिल्दैन ।  

बिष रोपेर अमृत कहा फल्छ र ।

 

( पाल्पाको एक प्रसिध्द स्थल हो सत्यदेवी स्थान, जहा बर्षको एक दिन त्यहा चाडकै रुपमा मनाइञ्छ  )

 

४/८/२०१९

 

Leave a Reply