प्रजा माथि राजाको शासन पैलाका भए

राजा गए नेता आए राजाजस्तै उनी भए

भन्न त भन्छन उनीहरु,जनताले चुनेको

आफ्नै भलो गर्छन खै, जनताको सुनेको

 

उहिले भूमिगत भै जनताका घरमा बस्थे

जनताको शुख खातिर मर्न कम्मर कस्थे

मुलुक स्वर्ग बनाएर   उन्ले दुखहर्ने भन्थे

चिन्दैनन उनीहरु, उन्लाई कस्ले  बनाएथे

 

छपन्न भोगले डकारेका अहिले  उन्ले

बिर्सेका छन अतित भुलेका छन उन्ले

जनताको घराँ रुखासुखा खाको उन्ले

त्यस्ताले नगरेको अब गरिदेला  कस्ले ?

 

भन्न त भनेका बिकाश र सम्बृध्दी कुरा

घुस र भ्रष्टाचार, नमेटे कसरि होला पुरा

समय छदै उन्ले होस् पुराए हुन्थ्यो होला

पदको उन्मादले पोखिए के गर्ने होला ?

 

०३/२९/२०१९

 

Leave a Reply