बाल आश्रमलाइ प्रसाद फाउन्डेसनको सहयोग !!!

बालबालिकाहरुलाई छात्रावृति देखि साइकलसम्म सहयोग

on: January 07, 2019In: Video NewsदेशफिचरNo Comments

 Print Email

१४ पौष २०७५

तदनुसार २९ डिसेम्बर २०१८

शिद्धार्थनगर, भैरहवा

प्रसाद फ़ाउण्डसन यु एस ए को आयोजनामा १४ पुष २०७५ शनिवारका दिन रुपन्देहीको भैरहवामा सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न भयो। सिद्धार्थ बाल गृहको सभा हलमा आयोजित सो कार्यक्रममा सिद्धार्थ बाल गृहका बाल बालिकाहरुका लागि सहयोग स्वरुप साइकल प्रदान गरिएको थियो।

समाजसेवी कृष्ण कुमारी गुरुङको एकल प्रयासमा संचालनमा रहेको सिद्धार्थ बालगृहमा हाल १८ जना असहाय बालबालिकाहरुले आश्रय पाइरहेका छन्। ति बालबालिका को पढाइ र संरक्षणको सम्पूर्ण जिम्मेवारी सो बाल गृहले बहन गर्दै आएको छ। बाल गृहका संचालक कृष्ण कुमारी गुरुङका अनुसार सरकारी स्तरबाट असहाय शिशु हस्तान्तरण गर्नु बाहेक हालसम्म कुनै किसिमको आर्थिक या भौतिक सहयोग प्राप्त भएको छैन। संचालकको प्रयास र सहयोगी दाताहरुको सहयोगबाट सो बाल गृह संचालन हुँदै आएको छ।

संचालक कृष्ण कुमारी गुरुङका अनुसार उनका बाबा आमा युकेमा बस्नु हुन्छ र उहाँलाई उतै बोलाइ रहनु भएको छ। तर संचालिकालाई आफ्नो सुख सुविधा भन्दा बालगृहमा आश्रित असहाय बालबालिका प्रतिको जिम्मेवारी महत्वपूर्ण लाग्छ। त्यसैले उहाँ बेलायतको सुख सुविधा त्यागेर असहाय बालबालिकाको उद्दारमा लाग्नु भएको छ। उहाँको यो उक्त सेवाको सम्मान गर्दै प्रसाद फ़ाउण्डेसनले “प्रसाद समाज सेवा सम्मान” बाट सम्मानित गरेको छ।

ले बाल गृहका छात्रा सुमित्रा भण्डारी र संगीता मल्लाहालाइ १२ कक्षासम्म अध्ययन गर्नको लागि वार्षिक रु ६००० का दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस वर्षको छात्रवृति वापतको चेक रकम हस्तान्तरण समेत गर्नु भयो।

प्रसाद फ़ाउण्डेसन कि लक्ष्मी अर्याल, शहिद स्मृति पुस्तकालय सिद्धार्थनगरका तारा प्रसाद शर्मा, शान्तिदीप सामुदायिक स्वास्थ्य संस्थाका बसन्त मणि पोखरेल, मानव अधिकारकर्मी भिष्म पन्थी, लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्थाका गीता शर्मा र सोहि संस्थाका भीष्मा पोखरेल लगायतको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता फ़ाण्डेशनका अध्यक्ष पुण्डरी अर्याल र संचालन साहित्यकार रुद्र ज्ञवालीले गर्नु भएको थियो। यस कार्यक्रमको पुरै छायांकनको जिम्मा भने साझा टिभी का प्रतिनिधि विप्लप पोखरेलले गर्नुभएको थियो।

विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नुहोस्

Leave a Reply