नेपालका नेताहरुमा अन्त्यन्त चलाख र वाक पटुता भएका नेता केपी ओली नै हुन् । त्यसमा कोहि असहमत छैनन  होला ? सधै असत्य,  मिठो र मनोरन्जनात्मक ढंगले बोल्ने केपी ओलीलाई धेरैले मन पराएकै थिए । यदि उनी कम्युनिष्ट हुदैनथे भने यी नेता अब्बल नै  हुन । कम्युनिष्ट पार्टीको नेताले   बिधि र कमिटिका निर्णय अनुसार नै चल्नु पर्छ । त्यसलाई उनले कहिले मानेनन । उनि एक्लै मैले गरेको हो । मेरो पार्टी एमाले हो । मलाइ नेता नमान्नेहरु, एमाले होइनन भन्ने र भ्रष्टाचारीलाई काखी छाप्ने काम गरे । जनताले कुलामानको  नियुक्ति चाहेका थिए । उनले आफ्नो मान्छे ल्याएर बिधुतलाई पांच अरबको घाटा बनाए अर्थात घोटाला गरे ।  काठमांडूका एमाले जनताले केशब स्थापित लाइ मेयर बनाउन चाहेका थिए । तर उनले आफ्नो सालो पर्ने लाइ टिकट दिएर बिध्यासुन्दर जस्तो वाइघात मान्छेलाई जिताए । मैले भ्रष्टाचार गर्दिन भन्ने तर उनीहरुलाई काखी च्यापेर हिडने गरे । शैक्षिक माफिया र मेडिकल माफियाका लागि काम गरे । आफु प्रधानमन्त्रि बन्नकै लागि माओवादीसंग पार्टी मिलाएको नाटक गरे । अढाई बर्षमा प्रचण्डलाई छोडन पर्ने पद आफैले बसिरहने मेसो मिलाए र प्रचण्डलाई उत्तानो पार्न सफल भए । हुदा खाँदाको आफ्ना एमाले सांसद र नेताहरुलाई समेत रुष्ट बनाउदै गए । पार्टीमा दुख गरेका कयौ अर्थ शास्त्री हुँदा हुदै कहिले युवराज खतिवडा जस्तो मान्छेलाई अर्थ मन्त्रि बनाए । कहिले, अर्थको  न ज्ञान न डिग्री भएको मान्छेलाइ अर्थ मन्त्रि बनाए । उनको जय नभन्नेलाइ पार्टीबाट निरुसाई गराए । राष्ट्रबादी बन्दै इन्डियन र को हाकिमसँग मध्यरातमा भेट गर्ने । अध्यादेशबाट नागरिक्ता बाँडने खेलो गर्ने । जनतालाई शिक्षा स्वास्थ्य र रोजगारी निशुल्क दिन पर्ने राज्यमा कम्युनिष्ट आउदा पनि सो नहुनु, मेनपावर कम्पनी मालिकलाइ खुशी पार्न गोकर्ण बिष्टलाई मन्त्रीबाट हटाए  । शान्ति सुरक्षा नहुनु ।  दिनादहादै बलात्कार हुँदा पनी अपराधि नखोज्नु । राजेन्द्र महतो जस्तोलाइ आफ्नो सरकारमा ल्याएर उप प्रधान मन्त्रि बनाउनु । पटक पटक संसद भंग गर्ने । मैले गरेको सबै काम ठिक हो, म नै खुबी भएको राज नेता हुम  भन्ने घमण्डले नै उनि पतन हुन् पुगेका हुन् । आफ्नो क्षेत्र आफ़ुले जित्न सक्दिन कि भनेर राप्रपाको भोट साटेर जितेका मान्छेले म जनताले ल्याएको मान्छे भनेर डुक्रने । के उनि नेपालका सबै जनताका भोटले आएका हुन् र ? प्रत्यक्ष चुनावबाट ५१ प्रतिशत भोट नल्याउने मान्छेले कुनै हालतमा म जनताको बहुमतले जितेको भन्न सुहाउदैन । कुलमान जस्तो नेपाललाई उज्यालो बनाएका र बिसौ बर्षसम्म लोड सेडिंगको भार बोकेका जनतालाइ उज्यालोको प्रत्याभूति दिएका कुलामानलाइ  नियुक्ति नगरेर केपी ओलीले ठुलो पाप गरेका थिए । त्यसैले आज केपी सत्ताबाट बाहिर र कुलमान उज्यालो बनाउने मसिहा रुपमा प्राधिकरणमा  भित्रिएका छ । कुलामानलाई धेरै बधाई छ । नेपाली  जनतालाई बिजुलिको खाचो सदा सर्वदा पुरा गर्न सक्नु होस् ,। यो सरकार धेरै मानेमा ओली भन्दा खराब होला तर यसले कुलामानलाइ नियुक्ति गरेर स्याबासी पाएको छ । हरेक ठाउमा योग्य मानिसको नियुक्ति हुने हो भने कुलमान जस्ता १० जना नियुक्ति गर्न सके देशले काँचुली फेर्ने थियो । जय होस् नेपालको !!!!