न्यु योर्क पुगेपछि
ज्याक्सनहाइट को पुगेन होला ?
हिजोको लिटिल इन्डिया
लिटिल बंगाला हुदै
आज लिटिल नेपाल भएकोछ ।
नेपालमा भन्दा धेरै संगठन छन्
नेपालका सबै पार्टीका भात्री
संगठन खुलेका छन् यहा
दिनौ केहि राजनीति भेटघाट
केहि साहित्यिक गोष्ठी
केहि जातीय गोष्टि
एन आर एन देखि लिएर
नेपालि मन्दिरका कुरा हुन्छ
चन्दा उठाइन्छ, उधारोमा
मन्दिर दशौ बर्ष बन्दैन ।
भोज हुन्छ ।
गोष्टिमा श्रोता भन्दा
पदाधिकारी धेरै हुन्छन
आसन ग्रहण हुन्छ ।
फूलमाला लगाइन्छ, खादा ओडाइञ्छ ।
सबै एकसे एक ठुला छन्
बडा छन् ।
असल मान्छे कमै छन ।
कोइ भन्दा कोइ कम छैनन् ।
पत्रकारको जुलुसै हुन्छ
वेव साइड पत्रकार त
हजारौ होलान !
दुइ सय संस्था भए पनि
एउटा शेर्पा किन्दुन,
अनि अधिकार, अरु सबै झोलामै छन्
एक से एक छन् । भाषण बाज छन्,
खोजे अध्यक्ष र पदाधिकारी मात्रै
भेटिन्छन ।
कुरै ठुला ठुला नेपाल हाक्ने
कुरै गर्दैनन अमेरिकाको कसैले
भताभुङ्गलथालिङ्ग ब्यबस्थापन धेरैको भएपनि
पार्टीमा साडी गहनाले सजिएर
चमक धमकमा रमेको छ
ज्याक्सनहाइट
मोमो, थकाली किचनको ढिडो
हिमालयको गान,
अनि सेकुवा, अनि
अलिकता लगाए पछि
केहि हावादारी गफमा
केहि नेपालि राजनीतिको गफमा
गित, कविता, साहित्यको
नाममा त बाढी नै आएको छ ।
केहि केहि कामका लागि
कोइ कोइ दामका लागि
कोइ कोइ ठग्ने चक्करमा
कोइकोइ नाम कै चक्करमा
लगाइरहनछन
ज्याक्सन हाईटको चक्कर
यसैमा रमेको छ ।
यसैमा भुलेको छ
ज्याक्सन हाईट !

न्युयोर्क

Leave a Reply