आमाको बारेमा मैले लेखे पनि
आमाको लागि म रोए पनि !
साच्चै आमाको ऋण तिर्न
सक्दैनन् कोइ सन्तानले पनी ।
साचो हो,धेरैले आमालाई सम्झे
सम्झन्छन । सम्झन पर्छ पनि
आफ्नो सृष्टि कर्ता जननीलाइ
आफुलाई स्याहारे जस्तै मायाले
आमालाई स्याहार्न पाउने छोरो
भाग्यमानी हो ।
म बाको बुढेशकालको कान्छो छोरो
बा ठिक ५५ बर्ष हुदा जन्मेथे रे म
ठिक आज म पनि ५५ बर्ष भएको छु
मैले बाको बारेमा कैले रोईन
मैले बाको बारेमा कैले लेखिन
नागरिकतामा नाम छ बाको
ऋण लिन चाहिन्छ नाम बाको
म लगभग बयस्क हुदासम्म
चिनिन्थे बा कै नामले,
स्कुल दाखिला गर्दा जानुभाथ्यो बा,
छोरोले धेरै पढ्नु पर्छ भन्नुभाथ्यो बा
छोराले कति पढ्यो थाहा पाउनु भएन बाले
छोराले कति दुख पायो थाहा पाउनु भएन बाले
मेरो शुख दुख देख्न पाउनु भएन बाले
न त मेरो कमाइ खान नै पाउनु भयो बाले
आफ्ना आबस्याकता पुरा गर्थे
मेरा दाइहरु पहिले,
बा कै पछि लाग्थे म,
लडे भने मलाइ बोकी
धुलो टकटकाएर समालेको सम्झन्छु म
जब बा बुढो र असक्त हुनुभयो ।
मेरा पढाइ जिबन बिर्तिका जीम्मा दाइमा सर्यो ।
सन्तानको दुखमा दुखि हुने बा आमा मात्रै हो ।
सन्तानको सुखमा खुशी हुने बा आमा मात्रै हो ।
दुनियामा अरु कोइ न हिजो थियो
न त आज कोइ छ ।
जसले जिबन सिकायो
जसले सबकुरा सन्तानमा न्यौछावर गर्यो
उ कहिले अरुसंग हार्न स्वकारेन
तर सन्तानको घोडा बन्न तयार भयो
आफुले एक छाक नखाएर पनि
आफुले थोरै खाएर पनि सन्तानको पेट भर्यो ।

संतानको प्रगती चाह्यो ।
सन्तानकै सुखको लागि सम्पत्ति बचाइदियो ।
बा सच्चा अभिभावक हो, जो सन्तानलाई
बराबरी न्यायका नजरले हेर्छन ।
अरुले जस्तै बा लाइ मैले कैले सम्झिन
तर आज म जे छु बा आमाका आधार
शिलामा उभिएको छु ।
वहाको ज्ञान र सम्बृद्धिको तेजमा बाचेको छु ।
आज वहा यस भौतिक जगतमा नभए पनि
वहाको अलौकिक छायाँलाइ छातीभित्र
समेटेर अँगालो हालेको छु ।
मेरा बा आमामा कोटी कोटी नमन गर्दछु ।
ज्ञानीहरु भन्छन :
सन्तुष्टिकोलागि आमाको आशिष चाहिन्छ ।
सुखकोलागी मातृ पितृको आशिष चाहिन्छ ।

डालस
०३/२०/२०१८

Leave a Reply