सानो भूमिमा
हिमाल, पहाड, तराइ छ
शान्त छ, वातावरण स्वच्छ छ /
सानो भूमिमा
हजार प्रजातिका चराहरु छन्
सयौ थरिका बन्यजन्तु छन् /
सयौ जातका मान्छे छौ /
बिबिध भेषका मान्छे छौ /
बन फूलले पहाडलाई सुन्दर बनाको छ /
प्राकृतिले नेपाललाई स्वर्ग बनाएको छ /
पृथ्वीकै शिर सगरमाथा छ /
शान्तिका दुत गौतम बुध्द
यहि जन्मेका हुन्
बाल्मिकीको आश्रम यहि छ /
जनक कि जानकी सिता यहि थिइन्
नेपालीहरु बहादुर पनि छन् /
नेपालीहरु बिध्दान पनि छौ /
नेपालीहरु सोझा पनि छन् /
अनपढ बुध्दू पनि छौ /
हामि नेपालि ज्ञानी पनि छौ /
साना कुरामा लड़छौ,
ठुला कुरा फुत्केको थाहा पाउन्नौ !
नेपालीले संघर्ष लडाई गर्न जानेका छौ
लड़छौ जित्छौ पनि,
एउटा राणा शासन ढलाल्यौ
अर्को सामन्ती ल्यायौ पंचायत
पंचायत पनि ढलायौ
बहुदलका नाममा बहुलठ्ठी शासक ल्यायौ
देशका आधारभूत कारखाना बेच्यौ,
युवालाई बिदेशिन बाध्य पार्ने
दलाल एजेन्सी खोल्न लगायौ
ससाना कुरामा नेपाल बन्द गर्न सिकायौ
नाच्न नजान्ने, राजाले गर्न दिएन भन्दै
जनताको गास बास कपासको ग्यारेन्टी गर्न
देशको बिकास गर्न उन्नति गर्न भन्दै
राजा शाही फाल्न कहिले कांग्रेस, कहिले एमाले
कहिले माउबादी बनेर देशको दोहन गर्न छोडेका छैनौ
महान प्रजातंत्र भन्नेले पनि
लोकतन्त्रलाई धोति लगाइदिएको
पनि देखियो /
गास बास कपासको कुरा गर्नेले पनि धोति
खोलेर देखाइ दिए /
अनि जातपात, पहाडिया मदेसिया
थ्याप्चे, चुच्चेको राजनीतिको लुतो पनि
कन्याएर देखाइ दिए /
अर्को पार्टीको बहु मत आइसकेर पनि
कुर्ची नछोड्ने,
बजेट पास नगराई खर्च गर्ने सुबिधा बाडने
प्रधान मन्न्त्रिलाई
महान भनि पुज्ने
युवा लोकतान्त्रिक प्रजातान्तिक
भनी फुर्ति लाउने हामि /
भीरबाट लडेको, ग्याङ्ग फ़ाइटमा मरेको
दुर्घटनामा मरेकोलाइ सहिद घोषणा
गरि न्याय गर्ने सरकार !
नेपालि झण्डा जलाउने,
देश भारतमा गाभ्न पर्छ भन्नेलाई
सहिद घोषणा गरिरहदा
अब के को लागी
सहिद दिवस,
कस्तो खाले सहिदको लागि दिवस हो ?
पुरै कमिसन, लुट,भ्रष्टाचार, गुण्डा राज
बेइमानी, परिपाटिमा बाच्न बाध्य हामि नेपालि
बेइमानी नेता, बेइमानि भष्ट्र कर्मचारी
नेपाल कस्तो छ ?
नेपाल राम्रो सुन्दर छ !
धेरै मान्छे इमान्दार सोझा छन्
लुटिञ्छन, लोभमा परेर
बिस्वासमा परेर, सर्बनास भएका छन्
केहि टाठा बाठा नेता बनेर
लुटेका छन्
जग्गा दलाल बनेर लुटेका छन
कर्मचारीले घुस खाएर लुटेका छन
गुण्डाहरुले हप्ता उठाएर लुटेका छन्
दलालले राम्रो काम लगाइदिञ्छु
भनि अरब पठाएर लुटेका छन्
समग्रमा लुटतन्त्र छ नेपालमा
गुण्डाराज छ नेपालमा
दलाली छ नेपालमा
सेटिंग मिलाएर लुटिन्छ यहा
यहा यस्तै छ मित्र,
सोझालाई बाच्न गारो छ
धुर्त नभई बाच्न गारो छ
हाम्रो नेपालमा !

Leave a Reply