दुखमा नआत्तिनु

र सुखमा नमात्तिनु

बा भन्नु हुन्थ्यो

शास्त्रका सुक्ति जस्तै लाग्छन्

मलाई बा का भनाइहरु

 

उमेरले सानो छ भन्दैमा

भाइलाई सानो ठान्नु हुन्न

बुद्धिमा भाइ दाइ हुनसक्छ

भाइले उन्नति प्रगति गर्न सक्छ

परिवारमा ज्ञान बाँड्न सक्छ

बा भन्नु हुन्थ्यो

 

जहिले पनि हर्ताकर्ता

राजकुमार ठान्छ आफैलाई

घरको जेठो सन्तान

सबैमा आफ्नो अग्राधिकार ठान्छ

र भाइअँश मार्छ

अँशबण्डामा मिचाई गरी धेरै लिने

अथवा भएको पनि लुकाउने

त्यस्तो दाइ भाइमारा हो

बा भन्नु हुन्थ्यो

 

साँध सिमानामा कहिल्यै किचलो नगर्नु

साँधमा बत्ति बलिरहेको हुन्छ

साँध मिच्नेको कहिल्यै उन्नति हुँदैन

घरमा किचलो हुन्छ

सन्तानहरु बिग्रन्छन्

लोभले सर्वनाश गराउँछ

बा भन्नु हुन्थ्यो

 

घरको जेठो सन्तानले

आमाबाउको एकलौटी माया पाउँछ

सम्पत्तिमा मोज गर्न पाउँछ

घरभरि राज गर्न पाउँछ

धैरै सन्तानको कान्छोले

सबैचिज निख्रिएको पाउँछ

उत्साह विनाको माया

निख्रिएको ढुकुटी

चुलिएका अभाव

गरीवको जेठो छोरो

धनिको कान्छो छोरो

उस्तै उस्तै हो

बा भन्नु हुन्थ्यो

 

राजाको जेठो छोरो राजा हुने

कान्छोले काजी पनि नपाउने

यो परम्परा खराब हो

यसै विभेदले मतभेद निम्त्याउँछ

मतभेदले घर छिन्नभिन्न हुन्छ

बाबुले के ग¥यो भनेर चित्त नदुखाएस्

ठगिन्छस् कि पछि भनेर

सारसौंदो छँदै

गरिदिएको छु अँशवण्डा

बा भन्नु हुन्थ्यो

Leave a Reply