बिनम्र अनि सद्वावले बढाउछ कुलको मर्यादा
घटाउछ मानसम्मान घमण्ड अहमताले सदा
जो सत्य कुरा गर्छ उस्को कुरो तितो लाग्दछ
चाप्लुसी र चुक्लीलाइ अमृत माने बिष बन्दछ

शिक्षा र साहित्य हामीलाई रुचि नलागेसम्म
मानसिक र आध्यामिक सन्तुष्टि नमिलेसम्म
आफुमा मानसिक गति र शक्ति नबनाएसम्म
आफुमा सौन्दर्य प्रेमलाई मनमा नजगाएसम्म

कहा सफलता प्राप्त गर्ने संकल्प बन्दछ !
कठिनकामले जितेर विजयोमुख बन्दछ
भरोशा, उत्साह र उमङ्ग धैर्यता मिल्दछ
त्यो पो सहि अर्थमा, शिक्षा साहित्य बन्दछ

भनिन्छ अन्धाको अगाडी ऎनाको के काम
मुर्ख अबुझिलाई पुस्तक बिध्याको के काम
मन पछाडीबाट आघात गर्ने स्व सत्रु नै हो
मन अगाडी बढने अठोट र उत्साह पनि हो

न्याय नियम कानुन धनलक्ष्मी कै खेलौना हो
उनले यसलाई जसरि मनलाग्छ खेलाउछिन
युवा जोश बलले आगो बनेर जलाउन सक्छ
रिसले आगो बन्छ करुणाले पानि बन्न सक्छ

आफ्नो गल्ति अरुले हैन आफैले सुधार्नु पर्दछ
अरुले सुधारेको गल्ति पनि आफ्नो बन्नु पर्दछ
क्रोधले क्रोध बढाउछ,अरुको दिल दुखाउछ
प्रेमले प्रेमलाई बढाउछ, मायामय बनाउछ

१२/०१/२०१७

Leave a Reply