युवा त्यो हो जो,
अन्यायको बिरुध्द लड़दछ
भ्रष्ट्राचारको बिरुध्द लड़दछ
परिबर्तनको लागि लड़दछ
जोशको साथ हात उठाउदछ
आफ्नो ज्यान दिन्छ |
देशको लागि
जनताको लागि
जन्मभूमिको लागि
परिवर्तनको लागि
राणाशासन ढलाए
पंचायत ढलाए
राजतन्त्र ढलाए
देशमा,
प्रजातन्त्र आउछ
गणतन्त्र आउछ
फेरी ब्वासाहरु शासन सत्तामा पुग्छन |
षडयन्त्रको हालीमुहाली चल्छ
भ्रष्टाचार मौलाउछ |
बिदेसिले नेता खेलाउछ |
उनैको इशारामा चल्छन
हाम्रा आस्थाका नेतागण

नदीहरु फेरी बेचिन्छन
उद्योगहरु बेचिन्छ |
सिमानामा बाँध बाधिन्छन
देश खुम्चिन्छ |
बाढीमा डुब्छ |
राहतमा केहि कनिका छार्किन्छन
युवा अचेल,रोजगारीको खोजीमा
अरबको खाडीमा दलालका हातबाट
अर्को दलाल हुदै बेचिदै जान्छन्
अरबको तातो बालुवामा रगत सिंचेर
बिकसित बनाउछन,
रातो बन्द बाकसमा
लास बनेर फर्किदा
न देशका नेतालाई चित्त दुख्छ
न राजनीतिलाई दुख्छ,
प्रताडित परिबार बा आमा
छोरा छोरी बाहेक कोहि हुदैनन !
युवा
जातका नाममा लडाइन्छ
धर्मका नाममा लडाइन्छ
बाद्का नाममा लडाइन्छ
मात्र उनीहरुको सत्ताका लागि
देशमा कहिल्यै परिबर्तन आएन
गरिबको छाकको ग्यारन्टी कहिले भएन
न बासको ग्यारन्टी भयो,
न त रोजगारी भयो
केहि थान नेताका आसेपासेका लागि
प्रजातन्त्र आयो, गणतन्त्र आयो !
युवा तिम्रो पाखुरीको जोश र बल
कुनै नेताको प्याओ नबनोस
तिम्रो जोश र बल बढो होसका साथ
प्रयोग होस |
तिम्रो रगतले सिचेको प्रजातन्त्र
दलालहरुको हातमा नपुगोस
नेताको हैसियत बनादिने युवा
बदमासी गर्ने तिम्रा प्रतिनिधीसंग
एक एक हिसाब किताब गर्नु
बिदेशमा पलायन हुन् पर्ने
कारण खोज्नु पर्छ युवा
अब तिम्रो दायित्व हो |
तिम्रो रेमिट्यान्समा बाच्ने नेता
कर्मचारीको ठेगान लाउनु पर्ने
तिम्रो कर्तब्य हो |
अब तिम्रो खुन पसिना देशको
लागि हुन् पर्छ |
भ्रष्टाचारीको लागि होइन !
दलालहरुको लागि होइन !

०९/०३/२०१७

Leave a Reply